रोजगारी मुलक शिक्षाको बिकासमा सरकार लागिपरेको माननीय मन्त्री हितबहादुर तामाङको भनाइ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङले ज्युले शिक्षालाई नविनतम र प्रविधियुक्त र उत्पादनमुलक बनाउन सरकारले दृढाताका साथ काम गरिरएको बताउनु भएको छ । नुवाकोटको बागेश्वरी माध्यमिक विद्यालय द्वारा अायोजित ७४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई बिहिवार सम्बोधन गर्दै उहाँले विद्यालय तथा विश्वविद्यालयको गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न अाफु त्यसमा लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमासमेत सरकारले सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयको निम्ति छुट्याएको स्मरण गराउदै मन्त्री तामाङले शैक्षिक बेरोजगारी अन्त्य गर्न बिद्यालय र अन्य माध्यमबाट प्राविधिक शिक्षा दिने प्रकृयाको सुरुवात भएको पनि स्पष्ट पार्नु भो सोचेअनुरुप शिक्षालाई बैज्ञानिक, ब्यावहारिक, उत्पादनमुलक, रोजगारमुलक बनाउन नसकेको सत्यतालाई स्वीकारदै उहाँले “नेपालको शिक्षा नीति अपेक्षा गरेअनुरुप छैन, बेरोजगार उत्पादन गर्ने काम गरिरहेको छ अब पुर्ण रुपमा सुधारेर लानु पर्ने धाारणा ब्यक्त गर्नु भएको छ ।
विद्यालय, क्याम्पस विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखानाको काममा मात्र सिमित रहेको आवाज उठिरहेको छ, यो एक हद सम्म सत्य पनि हो । तर शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ ।”विद्यालय रविश्वविद्यालयहरु अब बेरोगार उत्पान गर्ने कारखानाको रुपमा सिमित नरहने स्पष्ठ पार्दै मन्त्री तामाङले अगाडि थप्नुभयो, “मुलुकमा संघियताको अभ्यास र सुरुवात भएको छ, विशेष गरेर नयाँ संविधानको घोषणासँगै कार्यान्वयनको प्रकृया अगाडि बढेपछि शिक्षा क्षेत्रमा सुधार गर्दै लगानी बढाउने र वेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयलाई सिमित नबनाई शिक्षा पुरागरेर बाहिर निस्कदा योग्यता अनुरुपको रोजगारी प्राप्त गर्न सक्ने, उत्पानमुलक क्षेत्रमा कामको अवसर प्राप्त गर्ने खालको हुनुपर्छ भनेर नै प्राविधिक शिक्षा दिने प्रकृया सुरुगरिएको हो ।”
लक्ष्य अनुरुप पर्याप्त मात्रामा उक्त प्रकृया लागु गर्न नसकिएको भएपनि सरकारले क्रमश पहल गरिरहेको पनि उहाँले बताउनु भयो । बागेश्वरी माध्यमिक विद्यालयमा पनि बिद्यार्थिहरुलाई प्राविधिक शिक्षा प्रदान गरिरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।