शिवपुरीमा  विद्युतीय माइक्रोबस दुर्घटना, नौ जना घाइते।

0
10

 


शिवपुरीमा  विद्युतीय माइक्रोबस दुर्घटना, नौ जना घाइते

काठमाडौं, जेठ १३ – नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको एक विद्युतीय माइक्रोबस आइतबार दुर्घटनामा पर्दा नौ जना यात्रु घाइते भएका छन्।

शिवपुरी गाउँपालिका–७ स्थित गुरुङगाउँ नजिकै सडकबाट झण्डै १० मिटर तल खसेर माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। बागमती प्रदेश नम्बर ०३००१ज०८५४ रहेको उक्त सवारी साधनमा सवार पाँच महिला र चार पुरुष घाइते भएका हुन्।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

दुर्घटनापछि प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरवाही वा सवारी बिग्रिएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा नुवाकोट, रसुवा र काठमाडौंका बासिन्दाहरू रहेका छन्। प्रहरीका अनुसार घाइतेहरूमा ३९ वर्षीया मैना राई, ४६ वर्षीया लक्ष्मी खड्गी, ३५ वर्षीया सिर्जना लामा, १८ वर्षीया बिपना अर्याल, २८ वर्षीय रसमान लामा, १८ वर्षीय विजय लामा, ३९ वर्षीया सरस्वती राई, ३८ वर्षीय श्याम दगौरा र २५ वर्षीय महेन्द्र श्रेष्ठ रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

 

LEAVE A REPLY