श्रमिक कम्युनिस्ट पार्टीबाट बिद्रोह गर्दै नेकपा बहुमतमा प्रवेश।

0
5

भदौ ०४ २०८१ ,दिनेश लामिछाने काठमाडौ । तत्कालीन मोहन वैद्य (किरणको) नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरि   पुर्ण सिंहको नेतृत्वमा पुर्णगठन भइ बनेको श्रमिक कम्युनिस्ट पार्टीमा आवद्ध भएका शो पार्टीका नेता निश्चल गड्तौला फेेरी पनि बिद्रोह गर्नु भएको छ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उहाँले नेकपा (बहुमत) संग पार्टी एकता गरि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अझ मजबुत बनाउन पर्छ भनेर मैले  प्रस्ताव राख्दा नेतृत्वले त्यसलाई कुनै चासो नदेखाएकाले  क्रान्तिकारीहरु बीच एकता र ध्रुवीकरणको विकल्प नभएकाले  बिद्रोहको बाटो रोज्न परेको  स्पष्ट पार्नु भयो । र सबै  क्रान्तिकारी शक्तिलाइ  गोलबद्द भइ बहुमत पार्टीमा आबद्ध हुन हार्दिक अपिल गर्नु भयो।

कार्यदिशा र बिचार मिल्ने क्रान्तिकारी संग एकतामा जोड दिन पर्ने  अहिलेको आवश्यकता रहेको  उहाँको तर्क छ। दस बर्षे जनयुद्धलाई  उग्रवामपन्थी भड्काव भन्नेहरु संग संसदीय  चुनाबी   तालमेलको  मोडल अपनाएकाले  त्यस बेलाको नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी )  बिच एकता भएको   मोहन वैद्यको नेतृत्वको पार्टी संग सम्बन्ध  बिछेद गर्नु पर्ने बाध्यता भएको उहाँले स्वीकार गर्नु भयो ।

LEAVE A REPLY