सबैलाई बोल्ने अधिकार छ, तर विधि र मर्यादासहित’ – अधिवक्ता भण्डारी।

0
11

सबैलाई बोल्ने अधिकार छ, तर विधि र मर्यादासहित’ – अधिवक्ता भण्डार

नुवाकोट, चोकदे – बागेश्वरी माध्यमिक विद्यालय, चोकदे नुवाकोटमा आयोजित हीरक जयन्ती समारोह विशेष महत्वका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयको योगदानको प्रशंसा गर्दै वर्तमान शैक्षिक प्रणाली सुधारमा आवश्यक ध्यान दिनुपर्ने उल्लेख गरे।

समारोहमा अध्यक्ष प्रचण्डले आफ्नो समयको व्यस्ततालाई उल्लेख गर्दै सीमित समयमा सम्बोधन गर्नुपर्ने परिस्थिति स्पष्ट पारेका थिए। यद्यपि, कार्यक्रमको बीचमा युवा जनार्दन अधिकारीले प्रत्यक्ष प्रश्न उठाएका थिए, जुन धेरैको नजरमा अनुचित समय थियो।

यस विषयमा टिप्पणी गर्दै अधिवक्ता तथा सामाजिक अभियन्ता रामेश्वर भण्डारीले भने, “हामी सबैलाई बोल्न र विचार राख्न अधिकार छ, तर त्यसको सन्दर्भ र समयको पनि ख्याल गर्नुपर्छ। कार्यक्रममा अतिथि वक्ताको समय व्यवस्थापन र सभाको मर्यादा पनि महत्वपूर्ण हुन्छ। जनार्दन अधिकारीको जिज्ञासा जायज हुनसक्छ, तर त्यो उठाउने तरिका र समय भने उपयुक्त थिएन।”

उनले थप भने, “सभा–समारोहमा सबैको अभिव्यक्ति समान रूपमा सुन्ने व्यवस्था हुनुपर्छ, तर त्यसका लागि निर्धारित प्रक्रिया अपनाउनु वाञ्छनीय हुन्छ। हामी युवा अराजकता होइन, विधि र विधानको बाटोमा अघि बढ्नुपर्छ।”

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि केही क्षणका असहजता र असमयिक प्रश्नले समग्र सभाको धार मोड्ने प्रयास भएको सहभागीहरूले जनाएका छन्।

LEAVE A REPLY