समय सिमा भित्र काम नगर्ने निर्माण व्यवसायीलाई कालो सुचिमा।

0
17

काठमाडौ साउन ३,समयमा काम नगर्ने चार निर्माण कम्पनी र व्यवसायीलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना निकालेर विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण कम्पनी र व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको हो।

बीएस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति अशोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

काठमाडौंको मस्टा जेबीडी कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि र सञ्चालक पदमबहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस्तै भटिन्डा सेरामिक्स प्रालि र सञ्चालक भूषण अग्रवाललाई डेढ वर्षका लागि कोलोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

 

LEAVE A REPLY