समाजसेवी एवम् पत्रकार राजन थापा सम्मानित।

0
11

३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव  काठमाडौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा भब्य रुपमा  मनाएको छ। उक्त  वार्षिकोत्सको अवसरमा  लोकप्रिय समाजसेवी एवम पत्रकार  राजन थापा सम्मानित भएका छन् । यसैगरी  वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,। कार्यक्रममा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्यतामा आयोजित समारोहमा कलाकार रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा कलाकारहरु राजाराम पौडेल, शिवहरी नेपाल, रामचन्द्र अधिकारी, उत्तम केसी, शिव ढकाल, नारायण प्रधान, सविन श्रेष्ठ, पुकार भटराई, रवि डंगोल, निर्मल ाज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ बिजुली, एसराज गराच ९सुरज कार्की०, दन्त चिकित्सक डा सुवास घिमिरे, बालरोग विशेषज्ञ डा। रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषावीद तथा लेखक तेज बहादुर प्रधान, दिक्पाल कार्की, गायक तथा संगीतकार विनोद ढकाल, पत्रकार नन्दलाल खरेल, राजन थापा लगायत ब्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मानित गरिएको थियो ।

LEAVE A REPLY