सहकारी रकम हिनामिना बारे सरकार र प्रतिपक्ष सहमति नजिक भोली सम्म छानबिन समिति बनाउने सहमति ।

0
4
  • करिब तीन घण्टा लामो छलफल र रस्साकस्सी बीच   प्रधा नमन्त्री निवास बालुवाटारमा भएको सरकार र प्रतिपक्षका नेताहरूको कार्यदल बैठकले गृहमन्त्री लामिछाने संग जोडिएको सहकारी र कम्पनीमा ब्यक्तिको नाम नलेख्ने संस्थाको नाम लेख्ने सहमतिमा नजिक पुगेको छ ।

बैठकपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले छलफल सहमतिउन्मुख रहेको र भोलि बिहान कार्यदलको बैठक बसेर टु्ंगो लगाउने बताए ।

‘आज प्रधानमन्त्रीज्यूसहित सत्ता पक्ष र विपक्षका नेताहरु बसेर करिब तीन घण्टासम्म निरन्तर छलफल गर्‍यौँ । करिब-करिब सहमति भएको अवस्था हो । तर कागजमा तयार भइसकेको छ । हामी भोलि ११ बजे कार्यदलको बेठक बसेर कार्यादेशको भाषा मिलाएर टुंगोमा पुर्‍याउँछौँ,’ उनले भने, ‘भोलि ११ बजे कार्यदलको बैठक बस्छ । त्यो बैठकले अन्तिम निर्णय लिनेछ ।’

उनले संसदीय समिति गठन गर्ने, त्यस्तो समितिको कार्यादेशमा संकटग्रस्त सहकारी र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने, तर व्यक्तिको नाम उल्लेख नगर्ने गरी छलफल भएको बताए । ‘हामीले पहिल्यैदेखि व्यक्तिको नाम उल्लेख नगर्न भनेका हौँ । त्यसमा प्रतिपक्षको अडान थियो । तर अब सहमति गरेर जाऔँ भन्ने कुरामा उहाँहरु पनि सकारात्मक देखिनुभएको छ,’ उनले भने

LEAVE A REPLY