सातदोबाटोको कलसेन्टरमा सिआइबीले छापा मार्दा, ५३ जनालाई अनलाइन जुवाडे पक्राउ ।

0
7
पुस २३ गते , ललितपुरको सातदोबाटो स्थित रहेको एक कल सेन्टरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सिआइबी)ले  छापा मार्दा   दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।

 

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ ।

हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

LEAVE A REPLY