सामाजिक अभियानता पत्रकार राजन थापासहित बोर्ड सदस्यहरूको संयोजनमा ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा सञ्चालनमा।

0
25

सामाजिक अभियानता पत्रकार राजन थापासहित बोर्ड सदस्यहरूको संयोजनमा ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा सञ्चालनमा

ललितपुर — ललितपुरको चापागाउँ दोबाटोमा सोमबार ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा सञ्चालनमा आएको छ। यसअघि काठमाडौंको चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको अस्पतालले अब ललितपुरका बासिन्दालाई पनि सहज र भरपर्दो दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

उद्घाटन समारोहमा सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो। यस अवसरमा अस्पतालले सामाजिक अभियानता तथा सञ्चारकर्मीहरूलाई सम्मान गरेको थियो। आयोजकले पत्रकारलाई सम्मान गर्नुको उद्देश्य समाजमा सकारात्मक सन्देश र जनचेतना फैलाउने कार्यलाई प्रोत्साहित गर्नु रहेको बताएको थियो। पत्रकारहरूले स्वास्थ्य, शिक्षा र समाजका विभिन्न क्षेत्रमा जनचेतना फैलाउने काम गर्दै आएका छन्।

अस्पतालका वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेले दन्त स्वास्थ्यलाई शरीरको समग्र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयको रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “दाँत सफा भए मात्र सोच र जीवनशैली पनि सफा रहन्छ। दन्त स्वास्थ्यलाई सामान्य विषय भनेर उपेक्षा गर्न मिल्दैन।” उहाँले नियमित योग, अनुशासित खानपान, बोलीमा संयम र निरन्तर हेरचाहलाई स्वास्थ्यका आधारस्तम्भका रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि मोहन निरौलाले ॐ समाज डेण्टल हस्पिटलले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै आएको उल्लेख गर्दै, स्वास्थ्य सेवा र समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहलहरू समाजका लागि उदाहरणीय भएको टिप्पणी गर्नुभयो।

आजको सम्पूर्ण कार्यक्रम सामाजिक अभियानता पत्रकार राजन थापा र बोर्ड सदस्यहरूको संयुक्त संयोजनमा सम्पन्न भएको थियो।


 

LEAVE A REPLY