सामाजिक इन्जिनियरिङ् चिया पसलको बहसमा सीमित हुनु हुँदैन।

0
56

मिति- — २०८२/३/२७   

 

   काठमाडौं बालाजु , बसन्तपुर (अनुपम द्वार)मा आयोजित    नुवाकोट (RPLA) को भेलामा बोल्दै  अधिवक्ता  रामेश्वर भण्डारीले राजनीतिक दलहरूको नेतृत्वमा पटकपटक सत्तामा पुगेको माओवादी केन्द्रले जनताका वास्तविक कानुनी समस्या समाधान गर्न नसकेको गुनासो गर्दै   भण्डारीले अब जनताको बीचमा गएर व्यवहारिक र विधिसम्मत सेवा दिनुपर्नेमा जोड दिनुभएको छ  गणतान्त्रिक प्रगतिशील कानुन ब्यवसायी एशोसिएसन नेपाल  (RPLA) ले काठमाडौंको  बालाजु  बसन्तपुरस्थित अनुपम द्वारमा आयोजना गरेको भेलामा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। उहाँका अनुसार, RPLA को गठन दुई वर्षअघि भए पनि जनताको जीवनसँग जोडिएका विषयमा खास पहल गर्न नसक्नु दुर्भाग्यपूर्ण पक्ष हो।

 

“हामीले पैसा हुने बोचौलीया वर्गका ठूला भनाउँदाहरूले गरेको अन्यायको विरुद्ध खबरदारी गर्नुपर्छ,” अधिवक्ता भण्डारीले भने, “तर, माओवादी केन्द्र पटकपटक सरकारमा पुग्दा पनि स्थानीय, गरिब, किसान, मजदुरका समस्यालाई सम्बोधन गर्न असफल रहँदै आएको छ।”

कार्यक्रममा सहभागी अधिवक्ताहरू, कानुनी पेशा संग सम्बन्धित सामाजिक अभियन्ता, र RPLA का पदाधिकारीहरूमाझ उहाँको भनाइले गहिरो सन्देश दिएको थियो।

RPLA लाई समाजशास्त्रीय रुपमा ‘सामाजिक इन्जिनियर’ को संज्ञा दिँदै उहाँले समाज परिवर्तनका लागि सैद्धान्तिक र व्यवहारिक पहल आवश्यक रहेको धारणा राख्नुभयो।

“सामाजिक इन्जिनियरिङ्ग भनेको केवल चिया पसलमा बसेर खुरापाटी गर्ने काम होइन। विधि हुन्छ, विधान हुन्छ, प्रणाली हुन्छ — तिनको अनुशरण गरेर जनतासम्म पुग्नुपर्छ,” अधिवक्ता भण्डारीले भने। उहाँका अनुसार कानुन व्यवसायीहरूले केवल अदालतको कोठामा सीमित नहुनु र समाजको गहिराइमा पुगेर सेवा गर्नु आवश्यक छ।

उहाँले अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रका जनता कानुन, संविधान, र नागरिक अधिकारको बारेमा अनभिज्ञ रहेको भन्दै, त्यस्ता क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

“हामी कानुन बुझ्नेहरूले अब ती ठाउँमा जानुपर्छ, जहाँ जनता अझै कानुन देख्न, बुझ्न, र प्रयोग गर्न सकेका छैनन्। त्यो हाम्रो जिम्मेवारी हो,” उहाँले थप्नुभयो।

कार्यक्रममा बोल्दै अधिवक्ता भण्डारीले नेकपा माओवादी केन्द्र का शीर्ष नेताहरू प्रति पनि आलोचना गर्नुभयो। उहाँका अनुसार, आफैंले संगठनको नेतृत्व गर्नेहरूले पनि कानुनी क्षेत्रमा आफू निकटका संस्था र अभियन्ताहरूको उचित संरक्षण र प्रवर्द्धन गर्न चुकेका छन्।

“RPLA गठन भएको दुई वर्ष भइसक्यो, तर अहिलेसम्म एउटा सशक्त, जनतामुखी कानुनी कार्यक्रम हामी जनताका घरदैलोमा लिएर जान सकेनौं। यसको दोष हामी सबैमा छ, तर नेतृत्वमा बढी छ,” उहाँले स्पष्ट पार्नुभयो।

 

“म  नुवाकोट  पार्टी अध्यक्ष पुष्प लामिछानेज्यूसँग पनि आग्रह गर्न चाहन्छु – हामी सबैभन्दा पीडित पेशा कानुन व्यवसायी हो। हामी नै देशको कानुनी र सामाजिक परिवर्तनका वाहक बन्न सक्छौं। हाम्रो भूमिका केवल कार्यक्रममा बोल्ने होइन, सिधै जनतासँग जोडिने हो,” भण्डारीले भावुक शैलीमा भन्नुभयो।

उहाँले कार्यक्रममार्फत आफ्ना सबै सहकर्मी अधिवक्ता, कानुन अभियन्ता, र सामाजिक रूपान्तरणमा विश्वास राख्ने जनसमुदायलाई आह्वान गर्नुभयो कि, अबको चरण ‘सेटिङ’ र ‘भागबन्डा’ को होइन, जनताको हितमा सेवा पुर्‍याउने चरण हो।

“अब हामीले सेटिङको राजनीति होइन, जनताको पक्षमा सशक्त काम गर्ने निर्णय लिनुपर्छ। मिडियाले पनि त्यो समाचार बनाउनु पर्छ जसले पीडितलाई न्याय दिन्छ,” अधिवक्ता भण्डारीको भनाइ थियो।

कार्यक्रममा उनले स्पष्ट पारे कि, कानुनी क्षेत्रमा कार्यरत व्यक्तिहरूको संघर्ष कम छैन, तर जबसम्म संगठन र नेतृत्व स्तरमा स्पष्ट कार्यदिशा हुँदैन, तबसम्म जनतामा भरोसा पैदा गर्न कठिन हुन्छ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, माननीय राधिका तामाङ, नुवाकोट जिल्ला इन्चार्ज पुष्प लामिछाने, तथा विभिन्न क्षेत्रका कानुन व्यवसायी, पत्रकार, सामाजिक अभियन्ता र बुद्धिजीवीहरूको उपस्थिति थियो।

नेताहरूले आफ्नो सम्बोधनमा RPLA को भूमिका सशक्त बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूका अनुसार, कानुनी चेतना र निःशुल्क कानुनी सहायता ग्रामीण जनताका लागि अत्यावश्यक भएको सन्दर्भमा RPLA को उपस्थिति अझ विस्तार गर्नुपर्ने अवस्था छ।

RPLA को यो कार्यक्रमले अब कानुनी पेशा केवल अदालत र फाइलको दायरामा सीमित नभई, सिधा जनजीवनमा प्रभाव पार्न सक्ने विषय हो भन्ने सन्देश दिन सफल भएको देखिन्छ। अधिवक्ता रामेश्वर भण्डारीको स्पष्ट र प्रखर भनाइले कानुनी पेशालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने नयाँ बहस पनि सुरु गराएको छ।

अब हेर्न बाँकी कुरा भनेको, नेतृत्व र संगठनले कस्तो योजना ल्याउँछ र त्यो योजनाले कसरी जनतालाई सेवा गर्छ भन्ने हो।


 

LEAVE A REPLY