
सिरोहिया पक्राउ बारे काग्रेसले गरायो गम्भीर ध्यनाकर्षण।


काठमाडौं, ११ जेठ । बालुवाटार बैठक निकै सकारात्मक रहेको प्रमुख दलका शीर्ष नेताहरूले बताएका छन् बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भएको बताउनुभएको हो ।
आजको बैठकमा लेखलकले जानकारी दिनु हुदै कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे गम्भीर ध्यानाकर्षण गराएको बताए। सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौ उनले भने
र यसै गरि गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोप बारे समेत ध्यानाकर्षण गराएको छ। आफूहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको उहाँको भनाइ छ ।
- लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफूहरुको प्रमुख माग रहेको छ बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो