सूचीना घलेको हत्याका आरोपित गुरुङ कारागार चलान।

0
7

गोर्खा  सुलिकोट गाउँपालिका बारपाककी १८ वर्षीया  सूचीना घलेको हत्या गरेको आशंकामा  पक्राउ परेका छिमेकी मन शम्जेर गुरुङ कारागार चलान भएका छन् ।

आइतवार गोरखा जिल्ला अदालतको थुनछेक आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घले १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी थिइन् । त्यसको चार दिनपछि मंगलबार उनको शव जंगलमै खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको थियो ।

४३ बर्षीय गुरुङलाई गत मंसिर २४ गते पक्राउ गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। सूचिनालाइ  एक्लो अवस्थामा देखेर  जबर्जस्ती करणी गर्न  खोजेपछि  उनलेे   त्यसको  प्रतिकार गर्न थालेपछि मन शम्जेरले मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको प्रहरीसँग बताएका छन्

LEAVE A REPLY