
“२०० लाश जलाउने हात: राजन थापा को हुन्?”।


“२०० लाश जलाउने हात: राजन थापा को हुन्?”
अदृश्य अग्रपंक्तिमा उभिएका: समाजसेवी राजन थापाको लो–प्रोफाइल युद्ध मिति: २०८२ जेठ ३१, काठमाडौं
काठमाडौं उपत्यकाका सयौं व्यक्तिहरूलाई दिनहुँजसो रगत, अस्पताल छुट, औषधि र सहयोग चाहिएको हुन्छ। धेरैजसोले त्यसका लागि सरकारी संयन्त्र, नेताहरू, वा धनाढ्यहरू खोज्छन्। तर केही पीडितहरू त्यस्ता छन्, जसले तुरुन्तै फोन गर्छन्—राजन थापा नामक एक लो–प्रोफाइल समाजसेवीलाई।
अधिकांश नेपालीले नचिनेको यो नाम विगत दुई दशकदेखि सामाजिक भूमिकामा एक मौन क्रान्तिकारी जस्तै सक्रिय छ। उनका न कुनै सरकारी पद छन्, न त ठूलाठूला संस्थाको प्रचार। तर, आपतको घडीमा उनी पुग्छन्—सधैंजस्तै चुपचाप, बिना श्रेय।
सानै उमेर देखि पिडा संग परिचित
काठमाडौंको साङ्ला–५ (हालको तारकेश्वर नगरपालिका–१) मा जन्मिएका राजन थापा बाल्यकालदेखि नै अरूको पीडालाई आत्मसात गर्ने स्वभावका थिए। पारिवारिक अवस्था सामान्य थियो, तर मनमा गहिरो भाव थियो—”अरूको आँसु पुछ्न सके यही जीवन सफल हुनेछ।”
थापाले औपचारिक अध्ययनपछि पत्रकारितालाई पेशा बनाउँदै सामाजिक क्षेत्रमा प्रवेश गरे। यद्यपि पत्रकारिताभन्दा समाजसेवामा उनी बढी सक्रिय देखिन थाले। “कलमले मुद्दा उठाउँछ, तर खुट्टाले समाधान खोज्न जानुपर्छ,” उनी भन्छन्।
२०७२भुकम्प सेवा –माहा यात्राको निर्णायक मोड
२०७२ सालको विनाशकारी भूकम्पपछि थापाको जीवन पूर्णतः बदलियो। उनलाई लाग्यो—माइक र क्यामेरा पछाडि बसेर रिपोर्ट लेख्नु पर्याप्त थिएन। त्यसैले उनी स्वयं काभ्रे, गोर्खा, नुवाकोटलगायतका प्रभावित क्षेत्र पुगेर राहत वितरणमा लागे।
कपडा, जस्तापाता, औषधि, खाद्यान्न—सबै उनी आफैँले संकलन गरेर बोकेर पुर्याइदिन्थे। “कहिलेकाहीँ मेरो मोटरसाइकल नै एम्बुलेन्स बन्नुपर्थ्यो,” उनी सम्झिन्छन्। यिनै घटनाले उनलाई ‘मैदानको समाजसेवी’ बनायो।
कोभिड-२९: बेवारिसे शवका माझमा एउटै चिरपरिचित अनुहार
कोभिड–१९ को महामारीले देश लकडाउन भयो। अस्पतालहरू भरिए, अक्सिजन अभाव भयो, औषधि कालोबजारीमा गयो। तर त्यतिबेला पनि थापा लुकेनन्। नत सुरक्षा उपकरण थियो, न त सहयोगी टीम। उनी घरघर पुगेर बिरामीलाई औषधि, अक्सिजन सिलिन्डर, खाना पुर्याइरहेका थिए।
तर उनको सबैभन्दा मन हल्लाउने अनुभव थियो—बेवारिसे शवहरूको दाहसंस्कार। “अस्पतालका २०० भन्दा बढी लाशहरू आफैंले जलाएँ, त्यो मेरो जीवनको सबैभन्दा गहिरो पीडा हो,” थापा भन्छन्।
कतिपय रात उनी भिस्कुनाको भट्टीमा शव जलाउँदै थिए, भने बिहान स्कुलका बच्चाहरूको स्वास्थ्य शिविरमा। उनी थाक्दैनथे—शायद आत्माले ऊर्जा दिइरहेको थियो।
सामाजिक ब्यवस्थाको असफलताको बिकल्प बनेको ब्यक्ति
राजन थापाको कथा सुन्दा लाग्छ—नेपालमा राज्यभन्दा समाजसेवी बलियो छन्। यत्रो दुःखमा पनि सरकारी संयन्त्रले सेवा दिन नसकेको बेला, थापा जस्ता व्यक्तिले राहत दिए। उनी कसैको नाममा होइन, आफ्नै खर्चमा काम गर्छन्।
तर उनको यो यात्रा सजिलो थिएन। केही मानिसहरूले उनलाई ‘प्रचारबाजी’ भन्ने आरोप पनि लगाए। उनी भन्छन्, “कसैले फोटो खिच्छ भने पनि म उभिन खोज्दिनँ। प्रचार होस् भन्ने चाहिँदै चाहन्नँ।”
यही हो थापाको शक्ति लो –लो प्रोफाइल हाइ इप्पयाक्ट
हालसालै उनी ‘ओम समाज डेन्ट’ सँग मिलेर काठमाडौं उपत्यकाका सरकारी स्कुलहरूमा दन्त जाँच शिविर गरिरहेका छन्। बालबालिकामा स्वास्थ्य सचेतना फैलाउने उनको प्रयास सस्तोमा टरिन्छ—तर प्रभावकारी छ।
“स्वास्थ्य नभएको बालकले पढ्न सक्दैन,” उनी भन्छन्। यो कार्यमा उनी साना सहयोगकर्तासँग मिलेर लगनशील बनेका छन्। हरेक स्कुलमा पुग्दा उनी आफूलाई शिक्षकभन्दा बढी ‘दाई’ ठान्छन्।
पत्रकारिता : कलम बाट पनि समाजसेवा
थापाको सामाजिक यात्रा केवल खुट्टाबाट होइन—कलमबाट पनि निरन्तर चलिरहेको छ। उनी सामाजिक विषयमा धारिलो लेख लेख्दै आएका छन्। अस्पतालमा हुने अन्याय, विपद्को व्यवस्थापन, र महिला सशक्तिकरणजस्ता मुद्दामा उनले आवाज उठाएका छन्।
त्यसैले उनी केही सम्मानित सामाजिक पत्रकारहरूको सूचिमा पर्दछन्। एभरग्रीन वर्ल्डवाइड इन्टरटेनमेन्ट लगायत थुप्रै संस्थाले उनलाई सम्मान गरिसकेको छ।
संघर्ष र पिडा आत्मसन्तुष्टिको मिश्रण
राजन थापाको जीवन संघर्षमय छ, तर उनको अनुहारमा कहिल्यै थकान देखिँदैन। उनी भन्छन्—“परोपकारी कार्य धर्म हो, आत्मसन्तुष्टि त्यहीं भेटिन्छ।” जीवनमा उनले पैसाको खोजी गरेनन्, न त राजनीतिक पहुँचको।
“धेरैले भने, संस्थागत गर काम, दाता खोज,” उनी भन्छन्, “तर म त पीडितको फोन उठाएर सिधा अस्पताल, सिधा चौर, सिधा चिहानघारी पुग्न रुचाउँछु।”
अन्त्य होइन –नयाँ अध्यायको सुरुवात
उनको सामाजिक यात्रा अझै समाप्त भएको छैन। “म बाँकी जीवन समाजसेवामा नै लगाउनेछु,” भन्छन् उनी दृढताका साथ। अहिले पनि हरेक बिहान उनको फोनमा ब्लड माग्ने, अस्पताल छुट खोज्ने र खाद्य राहत माग्ने सन्देशहरू आउँछन्।
राजन थापा समाजसेवाको त्यो अनुहार हुन्, जसलाई धेरैले चिनेका छैनन्। तर जसले एकपल्ट चिन्यो, उसले बिर्सन सक्दैन” हाम्रो देशमा नेताले भन्दा समाजसेवीले राम्रो काम गरेका छन्” भन्ने भनाइ थापाको जीवनले प्रमाणित गर्छ।