
सांसद एवम बागमती प्रदेशका निबर्तमान उपसभामुख राधिका तामाङ बाट होमस्टेको उद्घघाटन ।

काठमाडौं । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन नेपालमा राष्ट्रिय पर्वको रुपमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप बुद्ध जयन्ती मनाउने गर्दछ ।
यसैक्रममा समुत्थानशिल बस्ती प्रालिले पनि नुवाकाेटकाे शिवपुरी गाउँपालिका वडा नं ७ का प्रमुख अतिथि बागमती प्रदेश सभासद तथा पूर्व बागमती प्रदेश उपसभामुख तथा कृषि सहायक मन्त्री राधिका तामाङलले बुद्धको प्रतिमा अनावरण गर्नु भयो । पूर्वमन्त्री तामाङले उक्त समारोहमा समुत्थानशिल होम स्टेको पनि रिबन काटेर उद्घाटन गर्नु भयो । 
सो अवसरमा तामाङले आफ्नै ठाउँमा उक्त कार्यक्रमको उद्घाटन गर्न पाउँदा खुशी लागेको र आगामी दिनहरुमा आफुले सक्दो सहयोग गर्ने वचन दिनु भयो । कार्यक्रममा शिवपुरी-७ का वडाअध्यक्ष वीरबहादुर तामाङले सो स्थानमा पर्यटक ल्याउनमा जोड गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सो कार्यका लागि आफूले सहयोग गर्दै आएको र अझै पनि सहयोग गरिरहने वचन दिनु भयो ।