
जग्गा किर्ते कागजात देखाइ ठगी गर्ने सिताराम सजाय भोग्दै, भतिज भने फरार।


भक्तपुर जिल्ला ५ ब्यासी घर भएका धन साही र सिताराम शाहीले लाल मोहोर छाप भएको जग्गाको किर्ते कागजात देखाइ तीन पुस्ते विवरण उल्लेख गरी पुर्ख्योउली जग्गा दर्ता गराई दिन्छु भनेर बिभिन्न ब्यक्तिहरु बाट ठुलो रकम ठगी गरेेका छन् ।
हाल सिताराम शाही भने , अदालते उनलाई दोषी ठहर गरी उनी ठगी मुद्दामै डिल्ली बजार कारागारमा सजाय भोगिरहेका छन् । तर नाताले भतिजा पर्ने, धन शाही भने अझै ,पुराना दर्ता छुट जग्गाको हक लाग्ने भन्दै अनेकौ प्रलोभनमा पारी पिडितहरु बाट ठुलो रकम असुलेको पाइएको छ । शाही ले लालमोर छाप भएको तमसुक जस्ता कागजात र तीन पुस्ते विवरण आफैंले तयार पार्ने गरेको र उक्त किर्ते विवरण बाटै अदालत बाट दाबी प्रक्रिया गरि मुद्दा समेत जिताउन उनी सक्रिय रहेको रहस्य खुलेको छ। ललितपुर ग्वार्को स्थित किस्ट अस्पताल भित्र पर्ने सात आना जग्गा समेत उनले त्यसरी नै किर्ते कागजात देखाइ अदालतीय प्रक्रिया चल्दैछ, छिट्टै पास भएर आउँछ भनि झुटो आश्वासन र प्रलोभन देखाइ सस्तो मुल्यमा अस्पताल कम्पाउन भित्रको जग्गा पिडित संग छिन्ती गरी बिभिन्न ब्यक्तिहरु बाट झण्डै एक करोड पचास लाख भन्दा बढि रकम ठगी गरेको पिडितहरुले बताएका छन् । ,अहिले उनको नक्कली कागजात विवरण उपर अख्तियार कार्यलय टङाल मा उजुरी परेको छ ।