नेपाल विद्युत प्राधिकरणको निजीकरण विरुद्ध नेकपा बहुमत द्वारा  ज्ञापनपत्र पेश।

0
51

नेपाल विद्युत प्राधिकरणको निजीकरण विरुद्ध नेकपा बहुमत द्वारा  ज्ञापनपत्र पेश।

काठमाडौं, जेठ  ७ – देशको वर्तमान राजनीतिक र आर्थिक पराधीनता विरुद्ध आवाज उठाउँदै क्रान्तिकारी पार्टीले नेपाल विद्युत प्राधिकरणलाई निजीकरण गर्ने प्रयास विरुद्ध आज एक ज्ञापनपत्र प्राधिकरणका कार्यकारी निर्देशकसमक्ष पेश गरेको छ।

पार्टीका जिल्ला सचिव दर्शन कुमार नेपालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ कि, “नेपालको अर्थतन्त्र निर्माणको आधारशिला मानिने विद्युत प्राधिकरणमा पछिल्ला दिनहरूमा विदेशी स्वार्थ, निजीकरण, दलाली प्रवृत्ति र भ्रष्टाचारले गम्भीर असर पारिरहेको छ।”

ज्ञापनपत्रमा सरकारको असफलता, अघोषित लोडसेडिङ, दलाली प्रवृत्ति, र विद्युत पहुँच नभएका क्षेत्रमा उपेक्षा गरिएको आरोप लगाइएको छ। साथै, जनताको हितमा आधारित ९ बुँदे मागहरू समेत प्रस्तुतगरिएको छ:

 

  1. नेपाल विद्युत प्राधिकरणको निजीकरणको सडयन्त्र तुरून्त बन्द गर्नुपर्ने।
  2. उर्जा क्षेत्रमा विचौलियालाई प्रोत्साहन गर्ने नीति खारेज गर्नुपर्ने।
  3. अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्नुपर्ने।
  4. बक्यौता महसुल असुली गरी नयाँ ऋण लिन बन्द गर्नुपर्ने।
  5. प्राधिकरणमार्फत आयोजना बेचबिखनको कार्य बन्द गर्नुपर्ने।
  6. प्राधिकरणमा बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने।
  7. विद्युत नपुगेका क्षेत्रहरूमा शीघ्र बत्ती जडान गर्नुपर्ने।
  8. महसुल वृद्धि रोक्दै सर्वसाधारणलाई सुलभ महसुलको व्यवस्था गर्नुपर्ने।
  9. स्वदेशमै विद्युतको खपत बढाउँदै

LEAVE A REPLY