0
13

नेपालले स्कटल्यान्डलाई पराजित गर्दै आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ मा शानदार जित, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त

काठमाडौ  जेठ २०गते२0८१

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शनले सम्पूर्ण क्रिकेटप्रेमी नेपालीमा खुशीको लहर फैलिएको छ।

यो ऐतिहासिक जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् र देशको नाम उज्यालो बनाएकोमा गर्व व्यक्त गरेका छन्।

“यो बिहानी खुसीको समाचार लिएर आएको छ। हाम्रो टिमलाई बधाई छ,” प्रधानमन्त्री ओलीले सामाजिक संजालमा यस्तो लेखेका छन्।

LEAVE A REPLY