
नेकपा ( बहुमत) निकट युवा संगठन अध्यक्षको कडा आक्रोश ।


सत्ता र संरचनामा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध नेकपा (बहुमत) निकट युवा संगठन अध्यक्षको कडा आक्रोश ।
काठमाडौं, २३ जेठ — प्रधानमन्त्री केपि शर्मा ओलीको पछिल्लो झोले हु भन्ने शब्दले राजनीतिक माहोल तताएको छ। यसैबीच सत्तामा पहुँच भएका व्यक्तिहरूबाट भइरहेको व्यापक भ्रष्टाचार र अनियमितताप्रति आक्रोश पोख्दै नेकपा बहुमत निकट युवा संगठनका अध्यक्षले सामाजिक सञ्जालमार्फत कडा रुपमा आक्रोश पोखेका छन्।
शो पार्टीका युवा अध्यक्षले हरिस भट्टले सामाजिक संजाल भावनात्मक र कटाक्षपूर्ण सन्देश सार्वजनिक गर्दै आफू “झोले मात्र नभई”, देशमा पछिल्ला वर्षहरूमा घटेका ठूला घोटालाहरू, अनियमितता, र राष्ट्रघाती गतिविधिहरूका प्रतीक बनेको संकेत गरेका छन्। उनले उक्त अभिव्यक्तिमार्फत सत्ताको आडमा भएका भ्रष्टाचारको श्रृंखला उजागर गर्ने प्रयास गरेका छन्।
उनको भनाइमा, यती प्रकरणदेखि लिएर वाइडबडी, बालुवाटार जमिन प्रकरण, कोरोना खोप खरिद, भुटानी शरणार्थी काण्ड, महाकाली सन्धि, एनसेल कर विवाद, पोखरा विमानस्थलको खर्चदेखि लिएर पशुपतिनाथको जलहरीसम्मका अनियमितता समेटिएका छन्।
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त सन्देशमा उनले भन्न खोजेका छन् — “म भ्रष्टाचारको समग्र स्वरूपको प्रतिनिधि हूँ, म त्यो सबै हुँ जुन हामीले सहनुपरेको छ।”।
राजनीतिक विश्लेषकहरू भन्छन् — “यो आवाज व्यक्तिगत मात्र होइन, प्रणालीगत भ्रष्टाचारविरुद्धको चेतावनी पनि हो।” अब यसको राजनीतिक प्रभाव र संगठनभित्रको प्रतिक्रिया के हुने भन्ने कुराले थप चर्चा पाउने सम्भावना देखिन्छ।