
ट्रम्पद्वारा १२ देशका नागरिकमाथि अमेरिकी यात्रा पूर्णरूपमा प्रतिबन्ध।


ट्रम्पद्वारा १२ देशका नागरिकमाथि अमेरिकी यात्रा पूर्णरूपमा प्रतिबन्ध
२२ जेठ, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै १२ देशका नागरिकहरूलाई अमेरिकामा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन्। ट्रम्प प्रशासनले यो कदम सुरक्षा चुनौतीलाई न्यूनिकरण गर्ने उद्देश्यले चालेको जनाएको छ।
पूर्ण प्रतिबन्ध लाग्ने देशहरू:
अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन।
यिनका नागरिकहरूलाई आगामी ९ जुनदेखि अमेरिका यात्रा गर्न पूर्णरूपमा निषेध गरिएको छ। यद्यपि, अमेरिकी ग्रिनकार्ड भएका, ९ जुनअघि भिसा प्राप्त गरिसकेका, र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विशेष श्रेणीका व्यक्तिहरूलाई यसबाट छुट दिइनेछ।
आंशिक प्रतिबन्ध लाग्ने अन्य देशहरू:
बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला। यी देशहरूका नागरिकहरूका लागि यात्रा सिमित शर्तमा मात्र सम्भव हुनेछ।
सुरक्षा चिन्ता र आतङ्कवादी आक्रमणसँग सम्बन्ध
ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनका अनुसार, यो निर्णय अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन गरिएको हो।