सार्वजनिक पदमा बसेका व्यक्तिहरूको निजी स्वार्थ–प्रेरित व्यवहार लोकतन्त्रको दीर्घकालीन खतरा हो।

0
19

प्रकाशित मिति २०८२/२/३० गते

नेपालजस्तो नवगठित लोकतन्त्रमा, जब सत्ताको पहुँच निजी व्यापार, पारिवारिक स्वार्थ र विदेशी सम्पत्तिमा केन्द्रित देखिन्छ, तब जनताको भरोसा टुट्छ, निराशा गहिरिन्छ, र शंकाको जरा जनमानसमा फैलिन थाल्छ। परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाको नाम पछिल्ला वर्षहरूमा भुटानी शरणार्थी काण्ड, विदेशी लगानीमा गरिएको दोहोरो खेल, र अहिले चर्चामा रहेको हिल्टन होटल विवादमा पटक–पटक जोडिनुले उनीप्रति उठ्ने सार्वजनिक शंका केवल संयोग होइन, विगतको व्यवहारको परिणाम हो।

उनका छोरा जयवीर सिंह देउवा, जसको नेपाली राजनीतिसँग प्रत्यक्ष सम्बन्ध छैन भन्ने भनाइ छ, तर विदेशबाट सञ्चालित रियल स्टेट व्यवसाय, लगानीका जटिल जालो, र फाइभ–स्टार होटलसँग जोडिने अड्कलबारे उठेका प्रश्नहरू सामान्य होइनन्। अझ दुःखको कुरा — एकजना पत्रकारले उठाएको प्रश्नपछि थुनिने परिस्थिति देखिँदा, देउवा परिवारसँग ‘अदृश्य प्रभाव’ र राजनीतिक संरक्षण भएको गम्भीर शंका पैदा भएको छ।

यी व्यक्तिहरू सरकारमा छन्, तर पारदर्शिता छैन।
समाजसेवाको आवरणमा लाभको राजनीति खेल्छन्, तर जनताको जवाफ खोज्ने अधिकारलाई बेवास्ता गर्छन्।

त्यसैले अब जनताले प्रश्न गर्न थालेका छन् —
“के यस्तो व्यवहार सार्वजनिक सेवा हो?”
“कि यो सत्ता भोगको खेल मात्र हो?”
“के सत्तामा बसेकाले आलोचना सहनै नसक्ने अवस्था आएको हो?”

सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्तिलाई जनताको आँखामा आँखा जुधाउने साहस चाहिन्छ –
र त्यो साहस संवादमार्फत देखिन्छ, दबाबमार्फत होइन।

LEAVE A REPLY