बालेनको जनमुखी कार्यमा नेकपा (बहुमत) काठमाडौँ जिल्ला संगठन समितिको समर्थन।

0
133

बालेनको जनमुखी कार्यमा नेकपा (बहुमत) काठमाडौँ संगठन समितिको समर्थन

काठमाडौँ, असार २
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अगाडि सारेका जनपक्षीय, भ्रष्टाचारविरोधी र सार्वजनिक हितमा केन्द्रित अभियानहरूप्रति नेकपा (बहुमत) काठमाडौँ जिल्ला संगठन समितिले समर्थन जनाउँदै हातमा हात मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।

संगठनका जिल्ला सचिव  दर्शन नेपालीले जनसम्बोधनमार्फत सार्वजनिक रूपमा जानकारी दिँदै भने,
“काठमाडौँमा भइरहेको अराजक निर्माण, निजी क्षेत्रको मनोमानी, भ्रष्ट प्रशासन र जनताको जीवनसँग सरोकार राख्ने विषयमा बालेन शाहले चालेका कतिपय कदमहरू सकारात्मक छन्। हाम्रो संगठन जनताको पक्षमा रहेका यस्ता कार्यमा सधैं साथ दिन तयार छ।”

दर्शन नेपालीका अनुसार, संगठनले विगतदेखि नै सामाजिक अन्याय, भ्रष्टाचार, शोषण र व्यवस्थागत बेथितिविरुद्ध संघर्ष गर्दै आएको छ। जब यस्तो अभियान जननिर्वाचित नेतृत्वबाट आउँछ, त्यो जनपक्षीय आन्दोलनको एक अङ्गका रूपमा स्वीकार गर्नुपर्ने उनी बताउँछन्।

उनले थप भने
“हामी बालेन शाहसँग प्रत्यक्ष राजनीतिक सम्बन्ध राख्दैनौं, तर जनहितमा गरिएको कामको समर्थन गर्नु हाम्रो राजनीतिक आस्था र क्रान्तिकारी मूल्यको हिस्सा हो। यो सहकार्य कुनै राजनीतिक गठबन्धन होइन, जनताको पक्षमा उभिने साझा चेतनाको अभिव्यक्ति हो।”

 

LEAVE A REPLY