गुम्बा अनुपमद्वार सम्पन्न प्रकोप व्यवस्थापन कार्यक्रम: समन्वय, सजगता र दिगो विकासमा जोड।

0
35

गुम्बा अनुपमद्वार  सम्पन्न प्रकोप व्यवस्थापन कार्यक्रम: समन्वय, सजगता र दिगो विकासमा जोड

काठमाडौं, असार १४
गुम्बा अनुपमद्रारमा आज शनिबार आयोजित प्रकोप रोगथाम, नियन्त्रण, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अधिवक्ता रामेश्वर भण्डारी प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुँदै प्रकोप व्यवस्थापनमा समन्वय र साझा जिम्मेवारी अपरिहार्य भएको बताउनुभयो।

अधिवक्ता भण्डारीले भन्नुभयो:
“प्रकोपको क्षति न्यूनिकरण गर्न सबै तह र पक्षबीच सहकार्य आवश्यक छ। उद्धारदेखि पुनःस्थापना र दीगो पुनर्निर्माणसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। जनचेतना र स्थानीय तहको सशक्त भूमिका बिना दीगो विकास सम्भव छैन।”

कार्यक्रमका विशेष सहभागी सञ्चारकर्मी प्रभु खतिवडाले भन्नुभयो:
“सूचना प्रवाह, पूर्वतयारी र नागरिक सचेतना प्रकोप व्यवस्थापनका आधारस्तम्भ हुन्। सञ्चारमाध्यमले जोखिम कम गर्न भूमिका खेल्न सक्छ। संकटपछि होइन, संकटपूर्व नै तयारीमा जोड दिनुपर्छ।”

समाजसेवी दिनेश लामिछानेले जोड दिनुभयो:
“प्रकोप व्यवस्थापनमा स्थानीय जनसहभागिता र अनुभवको आदान–प्रदान जरुरी छ। यसका लागि सरकारले स्रोत र नीति मात्रै हैन, अभ्यासको सहजीकरण पनि गर्नुपर्छ।”

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय तहका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले राहत वितरण, उद्धार प्रयास तथा पुनःस्थापनासम्बन्धी आफ्ना अनुभव र सुझावहरू आदान–प्रदान गरेका थिए।

कार्यक्रमको निष्कर्षमा, दीगो विकास र प्रकोप व्यवस्थापनका लागि बहुआयामिक सहकार्य, नीति–कार्यन्वयनको दूरी घटाउने र सचेत समाज निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

LEAVE A REPLY