काठमाडौ / वामपन्थी आन्दोलनका अगुवा तथा शैक्षिक जागरणका अभियन्ता बरिस्ठ वाम गणेश पण्डितको स्मृतिगन्थ बिमोजन प्रज्ञाभवन कमलादीमा भब्य कार्यक्रमको बिचमा सम्पन्न भएको छ ।नुवाकोटको शैक्षिक , सामाजिक र राजनीति बिकासका लागि आफ्नो जिवनभर लाग्नु भएका स्वर्गीय गणेश पण्डितको सम्झनामा उहाको योगदानको बारेमा विभिन्न क्षेत्रमा कृयाशिल रहनुभएका र उहाँ गणेश पन्डितलाई नजिकबाट हेरिरहनु भएको ब्यक्तिहरुले शब्दको माध्यमबाट सम्झिएका छ्न । नुवाकोट जिल्लाको आर्थिक सामाजिक राजनीति र शैक्षिक क्षेत्रमा उहाँले गरेको योगदानका बारेमा आम नुवाकोट बासीहरुले प्रत्यक्ष रुपमा महसुस गरेका छन । नुवाकोटको शैक्षिक आन्दोलन र वामपन्थी आन्दोलनमा उहाँको स्थान अग्रपंक्तिमा रहदै आएको थियो । नेपालाको राजनीति क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका गणेश पण्डित सधै नै अमर रहिरहने छ्न । उक्त कार्यक्रमको प्रमुख अथितिमा सम्माननीय पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीको उपस्थितिमा भएको थियो । प्रमुख अथिति सम्माननीय पुर्व राष्ट्रपती विद्यादेबी भण्डारीले वरिष्ठ वाम बिश्लेशक गणेश पण्डितको स्मृतिगन्थको विमोचन गर्दै उहाँको योगदान युगौयुग सम्म अमर रहने बताउनु भएको थियो । स्वर्गीय गणेश पण्डितबाट धेरै कुरा हामीले सिक्नुपर्ने र ब्यवहारमा उतार्नु पर्ने कुरा बताउनु भएका थिए । कार्यक्रममा नुवाकोटका नेताहरु माननीय अर्जुन नरसिंह केसी , माननीय बिमला सुबेदी , मालेका नेता सिपी मैलाली , कम्युनिस्ट नेता सिपी गजुरेल , पुर्व अर्थ मन्त्री प्रकाश चन्द्र लोहोनी लगायत विभिन्न दलका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो । स्वर्गीय पण्डित बहुदल आएपछि नेकपा एमालेको तर्फबाट नुवाकोटको साबिक क्षेत्र२ बाट २०४८ सालमा प्रतिनिधि सभाको सदस्य संसद हुनु भएको थियो ।
लाटेस्ट न्युज
गगनलाई प्रचण्डले दिए एक्शन काउन्टर।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गगन थापालाइ काउन्टर दिएका छन। सत्ता परिवर्तनको लागि देउवालाई प्रधानमन्त्री बनाउन काँग्रेससँग पहलगरेको भन्ने झुटको खेती...
सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजनामा तालिम सम्पन्न।
शनिवारका दिन नवौ झोलमल उत्पादन तालीम मैतिदेवी स्थित जिएमपी फाउण्डेसनको हलमा सम्पन्न भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा आयोजना र रोटरी क्लव डिल्लिवजारको...
काठमाडौं तार्केश्वरमा भयानक बस दुर्घटना।
काठमाडौं तार्केश्वर नगरपालिका काभ्रेस्थलीबाट छुटेको बा४ख ७१११ नम्बरको बस रत्नपार्क तर्फ जाँदा जादै नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिकै ढोकाबाट खसेर दुई जनाको मृत्यु...
एकै साथ तीन चलचित्रको निर्देशन गर्दै पाठक।
नक्कली प्रचण्डको भुमिकाबाट दर्शकमाझ चिनिएका कलाकार प्रदिप पाठक आजभोलि चलचित्र क्षेत्रमा व्यस्त छन । उनको निर्देशनमा तेजावी सुन ,रातो घाम र सत्रहजार नामक चलचित्र...
घर बगाएपछि गीताले पाइन् ट्रेड युनियन महासंघको साहारा।
शुक्रबार, १४ मङ्सिर
काठमाडौँ । बाढीले घरबास बगाएर घरबार बिहिन भएकी भक्तपुर बिरुवा बस्ने६७ वर्षीया गीता पौडेललाई सहयोग सामग्री प्रदान गरिएको छ।नेकपा (बहुमत) निकट अखिल...
© Copyright @ www.nagarbikash.com 2024 Design By Yagya Bahadur Dahal Incorporation of www.scientificorganization.com