
नेकपा बहुमतले गर्यो सडक संघर्ष चर्काउने घोषणा।


ने.क.पा (बहुमत ) का महासचिव धर्मेन्द्र बास्तोलाले राज्य प्रणाली नै नितिगत र सस्थागत भ्रष्टाचार गर्न लागि परेकाले सडक संघर्ष चर्काउने घोषणा गरेका छन्।
आज अनामनगर स्थित संवाद डबलीमा पत्रकार सम्मेलन मार्फत उनलेे यस्तो घोषणा गरेका हुन् । भ्रष्टाचार सम्बन्धि पाँच बर्षे हदम्याद एउटा हतकण्डा भएको र ठुला भ्रष्टचारी जोगाउन नीतिगत रुपमै भ्रष्टाचार गर्न कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको उनको तर्क छ। उनले उच्च तहका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न समेत माग गरेका छन् । रास्वपाका सभापति रबि लामिछानको सहकारी प्रकरण बारे बोल्दै उनले सबै जसो सहकारी कांग्रेस र एमालेकेै भएकाले रकम हिनामिना र दोब्बर भ्रष्टचार अहिले सरकारको नेतृत्वमा रहेका दुई ठुुला पार्टीका नेता कार्यकर्ता उल्टो फस्ने डरले उनीहरू नै संरक्षण गर्न लागि परेको ठोकुवा गरेका छन्।
भ्रष्टाचार सम्बन्धी पाँच बर्षे हदम्याद राख्ने निर्माणधिन कानुन खारेज नगरे यसको फेैसला
जनताले सडक संघर्ष बाट गर्ने चेतावनी दिएका छन् । मन्त्रिपरिषदले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाारमा अख्तियार नलाग्ने प्रावधान बिरुद्ध जनता सबै सडकमा उत्रिएर सडक संघर्ष बाहेक अरु बिकल्प नरहेको उनको जिकिर छ।
1 बैंकले ऋणीको धितो लिलाम गर्दा सावा बराबरको ब्जाजभन्दा बढीको धन प्रचलित मूल्यमा फिर्ता र्ने व्यवस्था गर्नुपर्ने ।
2 नेपाली बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँगाउँसम्म स्थापना गर्नुपर्ने।
3 सबै खाले बैंक तथा वित्तिय लुटपाटजन्य भ्रष्टाचार बन्द गर्नुपर्ने।
4 बैंकले ऋणीको धितो लिलाम गर्दा सावा बराबरको ब्जाजभन्दा बढीको धन प्रचलित मूल्यमा फिर्ता र्ने व्यवस्था गर्नु पर्ने।