कुनैपनि प्रकारको ठगी र मानव तस्करी सह्य नहुने प्रम,ओलीको चेतावनी।

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कुनैपनि प्रकारको ठगी  र मानव तस्करी सह्य नहुने  चेताउने दिएका छन् ।  शुक्रबार राजधानीका दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै ओलीले भने, ‘  अहिलेको सरकारले जुनसुकै पक्षको होस् जोसुकै होस्।अनुहार हेर्दैन अपराध गर्नेलाई कारबाही गर्छ ।

यस्तै   माओवादी अध्यक्ष दाहालले केही समयअघि प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाए पछि कुटनैतिक समस्या   भएको थियो ।भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको  दिएको  अन्तर्वार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका थिए। त्यसको जवाफी फायरमा ओलीले वाहियात र कायर कुरा भनेका छन् ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  र मेडिकल व्यवसायी दुर्गा प्रसाईं  प्रति संकेत  गर्दै सहकारी ठगी गर्नेहरुले अरुलाई गाली गर्दै हिँडेको भन्दै प्रम  ओलीले आक्रोश पोख्दै ,उनले  ढाँटवाद र लोकप्रियतावाद अभियान धेेरै समय नटिक्ने दाबी गरेका छन्।

LEAVE A REPLY