ईरानद्वारा अमेरिकाको आक्रमणको जवाफमा गरिएको प्रक्षेपास्त्र आक्रमणबारे सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको विज्ञप्ति।

0
18

ईरानद्वारा अमेरिकाको आक्रमणको जवाफमा गरिएको प्रक्षेपास्त्र आक्रमणबारे सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको विज्ञप्ति

> “जसले तपाईंमाथि आक्रमण गर्छ, उसमाथि तपाईं पनि त्यही प्रकारको जवाफ दिनुहोस्।”
(कुरान, सूरा बकरा, आयत १९४)

 

अमेरिकाले ईरानका आणविक केन्द्रहरू र पूर्वाधारहरूलाई निशाना बनाई गरेको आक्रामक र अश्लील कार्यको जवाफस्वरूप, केही घण्टाअघि इस्लामी गणतन्त्र ईरानका शक्तिशाली सशस्त्र बलहरूले कतारको अल-उदीदस्थित अमेरिकी हवाई बेसमाथि शक्तिशाली मिसाइल आक्रमण गरेका छन्।

यस सफल कारबाहीमा प्रयोग गरिएका मिसाइलहरूको सङ्ख्या, अमेरिकाले ईरानी आणविक केन्द्रहरूमाथि गरेको बम आक्रमणमा प्रयोग गरिएका बमहरूको सङ्ख्याका बराबर नै रहेको छ। ईरानी शक्तिशाली बलहरूले निशाना बनाएको यो अमेरिकी बेस कतारका शहरी क्षेत्र तथा आवासीय स्थानहरूबाट निकै टाढा रहेको पुष्टि गरिएको छ।

यस कार्यवाहीले हाम्रो मित्र र दाजो राष्ट्र कतार तथा त्यहाँका सम्मानित जनतालाई कुनै पनि किसिमको खतरा निम्त्याएको छैन। इस्लामी गणतन्त्र ईरानले कतारसँगको ऐतिहासिक, न्यानो र भाइचारा सम्बन्धलाई यथावत् राख्ने र अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउँछ।

LEAVE A REPLY