कतारमा रहेका नेपालीलाई राजदूतावासको अपिल: सतर्क र सुरक्षित रहनुहोस।

0
64

कतारमा रहेका नेपालीलाई राजदूतावासको अपिल: सतर्क र सुरक्षित रहनुहोस।

दोहा, असार ८ गते

ईरान–इजरायल तनाव चुलिँदै गएको वर्तमान परिस्थितिमा कतारमा रहेका नेपालीहरूलाई सतर्क रहन तथा यथास्थानमै रहन नेपाली राजदूतावास, दोहा कतारले आग्रह गरेको छ।

राजदूतावासले सोमबार एक सूचना जारी गर्दै कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्तपूर्वक बस्न र कतार सरकार तथा सुरक्षासम्बन्धी निकायहरूको आधिकारिक सूचना र निर्देशनको पालना गर्न अपिल गरेको हो।

“वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कृपया कुनै अफवाहमा नलागी आधिकारिक सूचनाको मात्र विश्वास गर्नुहोला,” विज्ञप्तिमा भनिएको छ, “कतारमा रहेका सबै नेपालीहरूको सुरक्षाका लागि दूतावास सधैँ तत्पर छ। कुनै समस्या वा जानकारी आवश्यक परेमा तत्काल दूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ।”

राजदूतावासले आपत्कालीन अवस्थाका लागि आवश्यक सम्पर्क नम्बरहरू पनि पुनः स्मरण गराएको छ।

कतारमा हजारौँ नेपाली कामदार तथा पेशागत रूपमा आवद्ध रहेका छन्। पछिल्लो समयमा खाडी क्षेत्रमा उत्पन्न अस्थिरताले त्यहाँ कार्यरत विदेशी नागरिकहरूमा चिन्ता बढेको छ।

 

LEAVE A REPLY