तेहरान स्तब्ध: सर्वोच्च नेता खामेनीको ८६ वर्षको उमेरमा निधन, ४० दिनको राष्ट्रिय शोक र एक हप्ता सार्वजनिक बिदा

0
22

​तेहरान स्तब्ध: अमेरिकी-इजरायली हमलामा सर्वोच्च नेता खामेनी मारिए, ४० दिनको राष्ट्रिय शोक मनाउने

​काठमाडौ ,  | फागुन- १७ २०८२

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ८६ वर्षको उमेरमा बीभत्स हत्या भएको छ। इरानी सरकारी मिडियाले आइतबार बिहान पुष्टि गरेअनुसार, फेब्रुअरी २८ शनिबारका दिन अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा तेहरानस्थित आफ्नै कार्यालयमा खामेनी मारिएका हुन्।

​अमेरिकी र इजरायली वायुसेनाले इरानका विभिन्न रणनीतिक स्थलहरूमा गरेको बमबारीका क्रममा खामेनीको कम्पाउन्डलाई ध्वस्त पारिएको थियो। उक्त हमलामा खामेनी र उहाँका परिवारका केही सदस्यहरू मारिएको रिपोर्ट छ। इरानी राज्य टेलिभिजनले यस घटनालाई “शहादत” भन्दै ४० दिनको राष्ट्रिय शोक र एक हप्ताको सार्वजनिक बिदा घोषणा गरेको छ। समाचार वाचकले आँसु झार्दै यस त्रासदीको घोषणा गरेका थिए।

​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै खामेनीलाई “इतिहासका सबैभन्दा दुष्ट व्यक्ति” को संज्ञा दिनुभएको छ। उहाँले यो हमला इरानमा ‘शासन परिवर्तन’ (Regime Change) का लागि गरिएको र यसले इरानी जनतालाई आफ्नो देश फिर्ता लिने मौका दिएको दाबी गर्नुभयो। इजरायलले पनि यो अपरेसनलाई सफल भनेको छ।

इरानको प्रतिशोध: महायुद्धको सुरुवात
​खामेनी मारिएपछि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर (IRGC) ले कडा प्रतिकार सुरु गरेको छ। कतार, बहराइन, जोर्डन, युएई, कुवेत, साउदी अरब र इराकमा रहेका अमेरिकी सैन्य आधारहरूमा इरानले मिसाइल र ड्रोन वर्षा गरिरहेको छ। इजरायली भू-भागमा पनि निरन्तर आक्रमण भइरहेकाले मध्यपूर्वमा एउटा ठूलो क्षेत्रीय युद्ध सुरु भएको छ।

​सन् १९८९ देखि ३७ वर्षसम्म शासन गरेका खामेनीको मृत्युपछि अबको नेतृत्व कसले सम्हाल्ने भन्नेमा अनिश्चितता छ। उहाँका छोरा मुज्तबा खामेनीको नाम चर्चामा रहे पनि आधिकारिक घोषणा भएको छैन। तेहरान लगायतका केही सहरमा विरोधीहरूले उत्सव मनाएका दृश्यहरू देखिएका छन् भने धेरैजसो क्षेत्रमा शोक र त्रास व्याप्त छ।

LEAVE A REPLY