
उभौली पर्वको संक्षिप्त परिचय ।


उभौली पर्ब अर्थात किरात समुदायको बिभिन्न जातिहरुले मनाउने महान चाड हो यसको अर्को नाम सकेला पर्व पनि हो।प्रत्येक बर्ष बैशाख पुर्णिामा को दिन देखि यी जातीहरुले भब्य रुपमा मनाउने गर्छन् किरात समुदायले धुु ामसंग उभौली पर्बलाई कृषि युगको सुरुवात संगै मानउदै अाएको भन्ने बिश्वास छ। उभौली पर्व संसार भरि छरिएर बसोबास गरेको भुमि पुत्र मुल बासी किरात समुदाय राई लिम्बू याख्खा मनाउने महान पर्ब हो।उभौली पर्वमा किरातीहरुको महत्त्वपूर्ण चाड बसन्त ऋतुमा बाली नाली राम्रो होस् सबैको सुख शान्ति सुस्वास्थ्य रहोस् देबि प्रकोप वा बिपत्तिहरु सामना गर्न नपरोस् भनि पुजा गरिन्छ । पर्वको पहिलो दिन चण्डी ना च नाचिने चलन रहिआएको छ र यो नाच बाट प्रकृतिको अाराधना गरिन्छ । यसरी चण्डी नाच नचिनिने पर्व भएकाले यो पर्बलाई चण्डी पुर्णिामा पनि चिनिन्छ किरात समुदायले यो दिनलाई सुप्रिमा अर्थात देबि पार्बतीको सृष्टि भएको रुपको दिनमा मान्ने गर्दछन् किरात समुदाय भित्र चाम्लिङ वान्तवा सुनुवार राई याख्खाले महान चाडको रुपमा मनाउने गर्दछन्