चर्चित गायक किरणले नयाँ बर्षमा मेचिनगर तताउदै।

0
13

नेपाल आइडल सिजन ३ का सेकेण्ड रनरअप गायक किरण भुजेलको हाल साँङ्गीतिक कार्यक्रमका कारण व्यस्त छन । यो वर्षमात्रै लगभग ३ दर्जन गीत रेकर्ड गरेका गायक किरण भुजेलले भर्खरै “म को हुँ र आमा ? ” बोलको गीत बजारमा ल्याएका आएको छ ।
लगभग देशबाहिर र देशभित्र आयोजित विभिन्न मेला महोत्सव , इभेन्टस , फेस्टिवल गरि ४ दर्जन भन्दा बढी कार्यक्रममा देखिएका किरण भुजेलको व्यस्तता बढ्नुको एउटा कारण उनको ७ वर्ष अघिको “बरि लै ” बोलको गीत टिकटक लगायतका सामाजिक सन्जालमा भाइरल हुनु पनि हो । जुन गीतमा सङ्गीत शंकर थापा “स्माइल”को छ भने गीतलाई डिपि खनालले लेखेका हुन । गायक किरण आज नै चितवनमा एउटा कार्यक्रम सक्काएर भर्खरै काठमाडौं फर्केका छन भने उनले नेपाली नयाँ वर्षमा “आदिवासी जनजाती महासंघ” मेचीनगर झापाद्वारा आयोजित आदिवासी जनजाती महोत्सवलाई तताउने भएको छन ।

LEAVE A REPLY