
चर्चित लोक दोहोरी गायिका टीका सानुलाई सम्मान।


चर्चित लोक दोहोरी गायिका टीका सानु सम्मानित हुनु भएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभा कार्यक्रमा उहाँलाई प्रमुख अतिथि रमेश लेखकले खादा ओढाइ सम्मान पत्र दिएर हार्दिक सम्मान गर्नु भएको हो। उक्त कार्यक्रम पश्चात् टिका सानुले सामाजिक सन्जाल फेसबुक मार्फत खुुसी बाड्दै एक स्टेटस लेख्नु भएको छ:
नेपाल राष्ट्रिय दलित समाज कल्याणसङ्घको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभा कार्यक्रममा आज मलाई पनि निमन्त्रणा गरी सम्मानित गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
कार्यक्रमका प्रमुख अतिथि सरकारका गृहमन्त्री आदरणीय रमेश लेखकज्यूको हातबाट सम्मानपत्र ग्रहण गर्ने अबसर प्राप्त गर्दा खुशिछु प्रमुख अथिती ज्युलाई हार्दिक धन्यवाद ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ परिवारले मलाई विसं २०६६ बाट २०६९ सम्म महत्वपुर्ण आर्थिक सहयोग गर्नुभयको थियो हाम्रो घरको आर्थिक अवस्था निकै कमजोर भएको कारणले मैले पढ्न लेख्न पनि नसक्ने अवस्था आइपरेको बेलामा कक्षा ६ देखि १० सम्म पढ्नको लागि छात्रवृत्तिको ब्यबस्था गर्दिनुहुने राष्ट्रिय दलित समाज कल्याण सङ्घका केन्द्रीय उपाध्यक्ष आदरणीय जोगेन्द्र बिस्वकर्मा ज्यूलाई हार्दिक धन्यवाद छ्।
हजुरहरूले गर्नुभएको सहयोग मैले सही ठाउँमा सदुपयोग गर्न सकेको जस्तो मलाई सधैंभरि लागिरहन्छ हजुरहरु सबैप्रति म सधैं भरी धन्य रहनेछु।
आज मलाई सारै खुशि लाग्यो जुन संस्थाले मलाई कक्षा ६ देखि १० सम्म पढ्नको लागि आर्थिक सहयोग गर्नुभयो त्यही संस्थाले फेरि आज गर्वका साथ आफूले सहयोग गरेको छात्राले देशविदेशमा आफ्नो नाम कमाएको भन्दै राम्रो जनमासमा मलाई सम्मान गर्नुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका केन्द्रीय अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई फेरि पनि हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न र मसँगै सम्मानित हुनुहुने विभिन्न आदरणीय अग्रज व्यक्तित्वहरू सबै सबैलाई हार्दिक बधाई छ ।