त्रिशुली नदीमा बाढी: उद्धारमा सरकार युद्धस्तरमा, प्रधानमन्त्री ओलीद्वारा स्थलगत निरीक्षण।

0
26

त्रिशुली नदीमा बाढी: उद्धारमा सरकार युद्धस्तरमा, प्रधानमन्त्री ओलीद्वारा स्थलगत निरीक्षण

रसुवा, साउन २३ — तिब्बतको सीमावर्ती क्षेत्रमा परेको अविरल वर्षाका कारण त्रिशुली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी र पहिरोका कारण केही नागरिकको ज्यान गएको दुःखद खबर आएको छ भने केही अझै बेपत्ता छन्। बाढीले दर्जनौं घर, संरचना, र यातायात व्यवस्था तहसनहस पारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार राति नै प्रभावित क्षेत्र रसुवामा पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ। उहाँले घटनामा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ।

“सरकारले युद्धस्तरमा उद्धार तथा राहत कार्यलाई अघि बढाइरहेको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्धारमा खटिएका सुरक्षा निकायहरूसँग निरन्तर सम्पर्कमा रही नियमित प्रतिवेदन संकलन भइरहेको छ। प्रभावित क्षेत्रमा आपत्कालीन सहायता पुर्‍याउन तीव्र समन्वय गरिएको छ।”

उहाँले अत्यावश्यक बाहेकका सबै निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुहुँदै, कुनै पनि सरकारी प्रयासमा कमी आउन नदिन स्पष्ट निर्देशन दिएको बताउनुभयो।

सरकारी निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार तथा राहत वितरणमा खटिएको छ। प्रधानमन्त्रीले सबै नागरिक, संघसंस्था, र सञ्चारमाध्यमलाई उद्धार प् अपील गर्नुभएको छ।

सरकारले संभावित जोखिम क्षेत्रहरूमा उच्च सतर्कता अपनाउने तयारी गरेको छ। मौसम पूर्वानुमान अनुसार अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेकाले सतर्क रहन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ।

 

LEAVE A REPLY