“बालेनका विश्वासिला प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा ४ करोडभन्दा बढी भ्रष्टाचार: राजधानीमै प्रणालीगत लुट!

0
167

बालेनका विश्वासिला’  पुर्ब प्रमुख प्रशासकीय प्रमुख सहित   ७ जनाविरुद्ध मुद्दा: ढल बनाउने नाउँमा ४ करोडभन्दा बढी हिनामिना!

काठमाडौँ – राजधानीको ढल बनाउने नाउँमा करोडौं रुपैयाँ लुटिएको खुलासा भएको छ, र त्यो पनि सिधै महानगरपालिका भित्रैबाट। काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ठोस प्रमाणसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अझ चकित पार्ने कुरा – यो सबै प्रकरण त्यतिबेला भएको हो जब परियार महानगरका प्रशासनिक प्रमुख थिए, र उनी मेयर बालेन शाहका ‘निकट विश्वासिला’ मानिन्थे। अहिले सूचना तथा प्रसारण विभागमा महानिर्देशक रहेका परियार, मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका छन्।

कसरी भयो ४ करोडभन्दा बढीको लुट?

सामाखुसी करिडोर अन्तर्गत बसुन्धारादेखि म्हैपीसम्मको बाटो र ढल निर्माणको लागि महानगरले ठेक्का दिएको थियो। कल्पवृक्ष–कोहिनूर जेभी नामक निर्माण कम्पनीलाई बोलपत्र स्वीकृत गरिएको थियो। तर ठेक्का प्रक्रियामा ठेकेदारसँग मिलेमतो गरी मूल्यांकन गलत देखाइयो, रिपोर्ट हेरफेर गरियो र जनताको करको पैसा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ ‘हजम’ गरिएको अख्तियारको आरोप छ।

को–को छन् मुछिएका?

अख्तियारले दायर गरेको आरोपपत्रमा परियारसँगै महानगरका तत्कालीन निर्देशकहरू —

रविनमान श्रेष्ठ

शिवराज अधिकारी

वसन्त आचार्य

नमराज ढकाल

सहायक निर्देशक उत्तम दाहाल

इन्जिनियर जनार्दन गिरी — सबैलाई प्रतिवादी बनाएको छ।

कसले जिम्मा लिन्छ यसको?

यो मामिला सानो होइन। यो केवल ४ करोडको कुरा होइन — यो पूरै प्रणालीको शुद्धता र मेयरको विश्वसनीयताको प्रश्न हो। जनता जसले सडक र ढलको काम समयमै होस् भनेर कर तिरे, त्यही पैसाबाट कसैको घरमा गाडी थपियो कि?

जनतालाई थाहा हुनैपर्छ – हाम्रै शहरमा, हाम्रो नाकै अगाडि, भ्रष्टाचार यसरी खुलेआम हुँदोरहेछ। यसले प्रेस स्वतन्त्रता मात्रै होइन, सम्पूर्ण सुशासन र विश्वासमाथि चोट पुर्याएको छ।

LEAVE A REPLY