
मुकल ढकाल पदमुक्त भएपछि सभापति माथि लगाए गम्भीर अारोप।

करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए
ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए ।
‘मूल विवाद भनेको सरकारले काम गर्न सकेन, अक्षम हुनुभयो, यो अक्षमता किन हो, जनताका अगाडि आत्मआलोचना गरेर अगाडि बढौं, हामीले चाहदाचाहँदै पनि केही कुराहरु भएनन्, कर्मचारीतन्त्रले दिएनदेखि धेरै कुरा छ, सबै कुरा खुलमखुला भनौं, लाइभ गरौं अब पारदर्शी बनौं भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रुपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन’, ढकालले भने ।