
काठमाडौ महानगरको बजेट सर्वसम्मत रुपमा पारित ।


काठमाडौ महानगरपालिकाको आर्थिक बर्ष २०८१/८२को बजेट सर्वसम्मत पारित भएको छ। मंगलबार बसेको नगरसभाको बैठकले सर्वसम्मत बजेट पारित भएको हो । महानगर कि उपमेयर सुनिता डंगोलले १०असार आर्थिक बर्ष २०८१०/८२को बजेट नगरसभामा पेश गरेकी थिइन् उनलेे नगरसभामा २५अर्व७० करोड ६३लाखको बजेट पेश गरेकी थिइन् ।आगामी आवको बजेट अन्तरगत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४अर्ब २०करोड ६३लाख२५हजार र जग्गा एकीकरण अायोजनाहरु
बाट हुने आम्दानी कुल एक अर्व पचास करोड रहेको छ । स्थानीय सञ्चित कोष बाट खर्च हुने रकम मध्य आर्थिक बिकास क्षेत्र अन्तरगत कार्यक्रमहरुका लागि १९करोड नौ लाख बिनियोजन भएको हो। कार्यलाय संचालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ८१करोड २६लाख२५हजार बजेट विनियोजन हुुदा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि एक अर्ब८१करोड २१लाख३०हजार रुपैया बजेट बिनियोजन भएको छ।











