
संगीतमा रमाउदै सुजन।


रामेछापका सुजन कार्की संगीत क्षेत्रमा सक्रिय छन् । सांगीतिक क्षेत्रमा हालै औपचारिक रूपमा प्रवेश गरेका कार्की स्कुले विद्यार्थी जीवनमा नै गीत संगीत सुन्ने र गुन्गुनाउने गर्थे । तीनवटा गीत बजारमा ल्याइसकेका कार्की यही क्षेत्रमा भविष्य खोजिरहेका छ्न । उनले आफ्नो अनुभवलाई यसरी सुनाए :
मेरो नाम सुजन कार्की हो । मेरो स्थायी ठेगाना रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका ४ बेताली हो । मेरो बाल्यकाल बेतालीमै बितेको हो ।
मेरो पहिलो गीत “अधुरो माया” हो । यो 2080 चैत्रमा आएको हो । यो गीत मार्फत नै मैले साङ्गितिक यात्रा सुरु गरेको हुँ । जुन गीतमा मेरो र युवराज कार्कीको शब्द ,सङ्गीत र स्वर रहेको छ। बिना राउत र मैले अभिनय गरेका छौँ। यस गीतलाई दर्शकहरुले दिनुभएको माया र हौसलाले म उत्साहित भएको छु । पहिलो गीतमा पाएको हौसलाले अगाडि बढन सहयोग पुर्यायो ।
मेरो दोस्रो गीत “फुच्ची” हुँदै अहिले तेस्रो गीत “किन” लिएर अाएको छु। गीतमा जीवनको वास्तविक भोगाइ र समाजमा देखिने कुराहरुलाई पनि समेट्ने कोसिस गरेको छु। अाशा छ यस गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनु हुनेछ ।
साङ्गितिक यात्रामा अनि जीवनमा उतारचढाव त पक्कै पनि अाउँछन् । सङ्घर्ष पनि गर्दै जानुपर्छ भन्ने बुझेको छु । तर धैर्य गरेर निरन्तर प्रयास गरिराख्यो भने एकदिन त पक्कै पनि सफल भइन्छ भन्ने धारणा लिएर हिडेको छु।
सफल असफल हुनु त अर्को फरक पाटो हो । एउटा गायकको नाताले र्याप गीत गाउन र लेख्नमा नै अानन्द लाग्छ । अाउने दिनहरुमा यो भन्दा अझ राम्रा राम्रा गीत लिएर अाउने कोसिसमा छु।
मैले भर्खरै बजारमा ल्याएको गीत “किन” मा खासगरि माया प्रेममा धोका पाएपछि प्रीयसीलाई सम्झिएको भावनालाई ब्यक्त गरेको स्टोरी देख्न सक्नुहुन्छ। यस गीतको एरेन्ज चर्चित एरेन्जर के-पास ले गर्नुभएको हो । यस गीतबाट दर्सकको भरपुर माया र सकारात्मक प्रतिकृया पाइराखेको छु। अझै माया पाउने अपेक्षा राखेको छु । अब अाउने दिनहरुमा पनि पक्कै पनि धेरैभन्दा धेरै कडा मेहेनत गरेर दर्शकमाझ अझै राम्रा राम्रा गीतहरु ल्याउने छु। संगीत मेरो लागी जीवनको उर्जा हो ।