´सारा खुशी´ बोलको म्युजिक भिडियो हिजो सार्वजनिक।

0
7

सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको शब्द तथा अभिनय रहेको `सारा खुशी´ बोलको म्युजिक भिडियो हिजो सार्वजनिक भएको छ । बागबजारस्थित लम्साल साउलकुल रेष्टुरेन्टमा भएको एक कार्यक्रमबिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजानिक कार्यक्रममा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको प्रमुख अतिथि थिए भने संगीतकार तथा कलाकार माधव भण्डारी ,वरिष्ठ भिडियो सम्पादक प्रेम शर्मा पौडेल लगायत विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रेम सम्बन्धमा बाँधिएका युवाहरूको माया अनि धोका दिएको कथालाई आधार बनाइएको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेको छ । जसबाट निर्माण टिम उत्साहित छ ।
यस भिडियोमा कलाकारहरु अस्मिता पुरी , दिलिप ढकाल बिजेन्द्र नौबागेको मुख्य भुमिका रहेको छ । गीतमा चर्चित गायक रुपक डोटेलको अत्यन्तै मौलिक स्वर सुन्न सकिन्छ । यो गीतको भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् ।
यस गीतको म्युजिक भिडियो एक्टिभ इन्टरटेन्टमेन्ट प्रा.लि.को अफिसियल च्यानलमा हेर्न सकिनेछ ।

LEAVE A REPLY