नेपाल अन्तर्राष्ट्रिय महोत्सव राजधानीमा अाज बाट सरु ।

0
19

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ सातौँ संस्करण सुरु भएको छ । बिहीबार राजधानीको सुन्धाराको स्थित  क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको गरिमामय उपस्थितिमा सुचना  संचार  तथा प्रविधि मन्त्री रेखा शर्माले उद् घाटन  गर्नु भएको छ ा

 

कार्यक्रममा  अाफ्नो धारणा राख्दै माननीय  मन्त्री एवम प्रमुख अतिथि रेखा शर्माले चलचित्रलाई मात्रै   मनोरञ्जनका रूपमा लिन नहुने भन्दै सिनेमाले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ ।

नेपाली संस्कृतिको संवद्र्धन, संरक्षण र प्रचारका लागि सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा मन्त्री शर्माले जोड दिइन् । त्यस्तै, वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने वरिष्ठ कलाकार नीर शाहले बताए । बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन् ।

आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसन इम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको छ । चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल महल महल, लबिम महल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ ।

 

LEAVE A REPLY