


तारकेश्वरमा दुई स्थानमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न।
राजन थापा- तारकेश्वर, काठमाडौं — तारकेश्वर नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सफलतापूर्वक सम्पन्न भएका छन्। सेवामूलक उद्देश्यले सञ्चालित यी शिविरहरूले सामुदायिक स्वास्थ्यप्रति जनचेतना तथा पहुँच अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्।
लायन्स क्लब अफ बालकुमारी साङ्ला, साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र, र तारकेश्वर क्लब ६० को सहकार्यमा आयोजित एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान शिविरमा किर्तिपुर आँखा अस्पताल, चिरायु अस्पताल, बसुन्धरा अस्पताल तथा ग्राण्डी अस्पतालका अनुभवी चिकित्सक तथा प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
कार्यक्रममा रक्तदान, दन्त परीक्षण, सुगर तथा रक्तचाप जाँच, सम्पूर्ण स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको थियो।
उक्त अवसरमा लायन्स डिस्ट्रीक्ट ३२५ I की नव निर्वाचित गभर्नर लायन पार्वती खरेल पाण्डेले भनिन्,
“आफ्नो कार्यकालको पहिलो दिनमै एउटै क्लबले दुईवटा शिविर सञ्चालन गर्नु र त्यसमा चारवटा प्रतिष्ठित अस्पतालहरूको सक्रिय सहकार्य हुनु ऐतिहासिक उपलब्धि हो। यो नेतृत्व, समर्पण र संस्थागत समन्वयको उत्कृष्ट उदाहरण हो।”स्वास्थ्य परीक्षणपछि ८२ वर्षीया एक वृद्ध आमाले खुशी व्यक्त गर्दै भनिन्,
“आजका डाक्टरसाबसँग परीक्षण गराउँदा बिल्कुलै फरक अनुभव भयो। अब त म मेरा छोराबुहारीलाई भन्छु — मलाई चिरायु अस्पताल नै लैजानू।”क्लबका नव निर्वाचित अध्यक्ष विकास राज कुँवरले भविष्यमा पनि सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै भने,
“हाम्रो क्लबका सम्पूर्ण सदस्यहरूको साथ र सहयोगले हामी अझ प्रभावकारी कार्यहरू अगाडि बढाउने छौं।”स्वास्थ्य शिविरको सफलतामा अस्पताल प्रतिनिधिहरू, क्लब अध्यक्षहरू थापा र कुँवर, तथा क्याम्प प्रमुख लोकनाथ रेग्मी र किरण फुयालले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। तेसै क्रममा ्
साङ्ला स्वास्थ्य केन्द्रमा ॐ समाज डेन्टल, बनस्थली शाखाको प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भयो। उक्त शिविरमा १६२ जना स्थानीयले सेवा लिएका थिए।
शिविरको सम्पूर्ण व्यवस्थापन तारकेश्वर क्लब ६० ले गरेको थियो। उद्घाटन समारोहमा वडा नं. १ का वडाध्यक्ष बिदुर सापकोटाले भन्नुभयो,
“आजको शिविरबाट सयौं स्थानीयले प्रत्यक्ष लाभ लिनुभयो। अबदेखि हरेक तीन–तीन महिनामा यस्ता शिविर नियमित गरिनेछ।”
शिविरको अबलोकन गर्न लायन्स क्लब डिस्ट्रीक्ट ३२५ I का जिल्ला प्रमुख शान्ति जोशी, जिल्ला संयोजक अनिता थापा बिष्ट, क्षेत्रीय संयोजक कमला गुरुङ प्रधान, तथा अञ्चल अध्यक्ष सुमन शर्मा लायन्स क्लब अफ पराेपकारि का अञ्चल अध्यक्ष नमराज पाण्डे लगायतको उपस्थिति रहेको थियो। उनीहरूले यसलाई “अहिलेसम्मकै उत्कृष्ट सेवा कार्य” भनेर प्रशंसा गरेका छन् ।साथै
स्वास्थ्य केन्द्रका प्रमुख फत्तेबहादुर गुरुङले सामाजिक सेवामा निरन्तर संलग्न हुने प्रतिबद्धता जनाउँदै भविष्यमा थप सहयोगको आश्वासन दिए।
शिविरको समापनमा वडाध्यक्ष सापकोटा, ॐ समाज डेन्टलका तर्फबाट सबिना पापन गुरुङ, र क्लब ६० का अध्यक्ष राजन थापा बीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। यसअनुसार, तारकेश्वर–१ का बासिन्दाहरूले ॐ समाज डेन्टल, बनस्थली शाखाबाट विशेष सहुलियत दरमा सेवा प्राप्त गर्नेछन्।
सामाजिक उत्तरदायित्व र साझेदारीको उदाहरण
यी दुबै शिविरले स्थानीय सरकार, सामाजिक संस्था, स्वास्थ्य प्रतिष्ठानहरू तथा नागरिक समाजबीचको सहकार्यद्वारा स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वमा नयाँ संकेत दिएका छन्। कार्यक्रम संयोजकहरूका अनुसार यस्ता गतिविधिहरूलाई नियमितरूपमा अगाडि बढाइनेछ।
कार्यभार हस्तान्तरण समारोहमा बोल्दै रञ्जित कुँवरले भने,
“हामी सबै पदाधिकारीहरू मिलेर तारकेश्वरको समग्र विकासमा जुट्न आवश्यक बताउनुभयो ।