बेहोस अवस्थामा युवती फेला, पहिचान खुल्न सकेन।

0
65

अवस्थामा फेला परेकी युवती: पहिचान खुल्न सकेन, प्रहरीको सहयोगको अपिलण्डकी अस्पतालमा अचेत 

पोखरा, असार १७ –

गण्डकी प्रदेशको मुख्य स्वास्थ्य संस्था गण्डकी अस्पतालमा एक अज्ञात युवती बेहोस अवस्थामा फेला परेकी छिन्। करिब २२/२३ वर्षको देखिने ती युवतीको हालसम्म पहिचान खुल्न सकेको छैन।

प्रहरी स्रोतका अनुसार, ती युवतीलाई अस्पताल पुर्‍याइएपछि आवश्यक उपचार प्रक्रिया अघि बढाइएको छ। हालसम्म होसमा आउन नसकेको र बोल्न नसक्ने अवस्थामा रहेकाले उनको परिचय खुल्न नसकेको बताइएको छ।

पोखरा वडा प्रहरी कार्यालय रामबजारले एक सूचना सार्वजनिक गर्दै नागरिकहरूलाई ती युवतीलाई चिनेका वा सम्बन्धित जानकारी भएका महानुभावहरूले गण्डकी अस्पताल वा वडा प्रहरी कार्यालय रामबजारमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीद्वारा सार्वजनिक सूचना अनुसार:

“तपाईंको सानो सहयोगले ठुलो राहत मिल्न सक्छ। कृपया जानकारी भएमा सम्पर्क गर्नुहोस्।

 

LEAVE A REPLY