
नेपाली चलचित्र क्षेत्रलाई राहत, भीपीसी शुल्कमा ऐतिहासिक २५% घटुवा।


नेपाली चलचित्र क्षेत्रलाई राहत, भीपीसी शुल्कमा ऐतिहासिक २५% घटुवा।
काठमाडौं, जेठ २१ – नेपाली चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच भर्चुअल प्रिन्ट कस्ट (भीपीसी) शुल्कमा २५ प्रतिशत कटौती गर्ने ऐतिहासिक सहमति भएको छ। यो निर्णय २०८२ सालको साउन मसान्तदेखि लागू हुनेछ र केवल नेपाली (घरेलु) चलचित्रहरूमा मात्र प्रभावकारी हुनेछ।
निर्माता संघका अध्यक्ष नवल खड्काले यो निर्णयलाई चलचित्र क्षेत्रका लागि महत्वपूर्ण प्रगति भएको बताउँदै भने, “निर्माताहरूले लामो समयदेखि गर्दै आएको माग आज पुरा भएको छ।” उनका अनुसार, शुल्क कटौतीपछि निर्माताहरूले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी मुनाफा लिन सक्नेछन्।
भीपीसी शुल्क (केडीएम चार्ज) घटाउन गठित कार्यदलको संयोजकता निर्माता उदय सुब्बाले गरेका थिए। कार्यदलमा खगेन्द्र लामिछाने, दीपेन्द्र के. खनाल, दीपकराज गिरी र निश्चल बस्नेत सदस्य थिए।
यसअघि हल सञ्चालक र निर्माता संघबीच ५०/५० को राजस्व बाँडफाँटको सम्झौता लागू भइसकेको छ। “फिफ्टी फिफ्टीको नियम लागू भएपछि पूर्णबहादुरको ‘सारंगी’ फिल्मले ३ करोडभन्दा बढी आम्दानी गर्यो,” अध्यक्ष खड्काले उल्लेख गरे।
निर्माता संघले आगामी दिनमा पनि निर्माताको हितका लागि यस्ता सकारात्मक कदम चालिरहने प्रतिवद्धता जनाएको छ।