सुसेली सम्राटकाे उपाधि वेदप्रसाद गाैडेललाइ

0
42

सुसेली सम्राटकाे उपाधि वेदप्रसाद गाैडेललाइ

प्रकाशित  मिति-  फागुन .

१५सुख शान्ति मिडियाकाे आयाेजनमा राष्ट्रिय सुसेली फाउण्डेसनका अध्यक्ष दुर्गा अधिकारीकाे सभापतित्वमा , दिप्सन गाैडेलकाे प्रमुख आतिथ्यतामा तथा शिक्षाविद् इन्द्रविलास घिमिरे , व्याकरणविद पुरूषाेत्तम भण्डारी , वरिष्ठ साहित्यकार चन्द्रा न्याैपाने , सम्पादक शिव शर्मा , प्रकाशन धन गाैडेल,डा. घ्रुव गजुरेल , युवा साहित्यकार रसुवाली कवि, सुसेली फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारी , पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री लगायतकाे उपस्थितिमा अन्जली (वृहत् सुसेली काव्याञ्जलि ) काे लाेकार्पण कार्यक्रम आज सुख शान्ति मिडियाको हलमा सम्पन्न भएको छ ।
‎ यस समारोहमा सम्पादक शिव शर्मालाई कुशल सम्पादक सम्मान र ई. वेदप्रसाद गाैडेललाई `सुसेली सम्राट´काे पदवी सहित सम्मान गरिएकाे थियाे ।
कार्यक्रमकै विचमा साहित्यकार भाेजभक्त कडेल, साहित्यकार कल्पना अधिकारी भट्टराई , दिप्सन गाैडेलकाे जन्मदिन र पार्वती रिमाल र राजन रिमालकाे वैवाहिक वर्ष उत्सव समेत मनाइएकाे थियोे ।
‎ कार्यक्रममा सरस्वती अर्याल, रेखा महर्जन, सत्यनारायण ढकाल, सावित्री के.सी, भाेजभक्त कडेल, विष्णु गुरूङ र उमा विडारीले सुमधुर स्वरमा सुसेली गायन प्रस्तुत गरेका थिए ।
‎कार्यक्रममा टंकबहादुर बजगाई खत्री, रसुवाली कविले शुभकामना व्यक्त गरेका थिए । टंकबहादुर बजगाई खत्रीले सुसेली सम्राट शासन गर्ने सम्राट नभएर शब्द सम्राट भएकाेले याेगदानकाे सम्मान गर्नुपर्ने बताए । यसैगरी युवा साहित्यकार रसुवाली कविले साहित्य लेखन गर्दा लुगा सिउन मिटर नापे जस्तो नाप्दै विवाद गर्नेहरू कुवाबाट निस्कन नसक्नेहरू हुन् भन्दै सुसेली सम्राट बनेकाेमा ई. वेदप्रसाद गाैडेललाई बधाई दिए ।

‎ समीक्षक ध्रुव गजुरेलले मिहिन ढङ्गले कृतिकाे समीक्षा गर्दै सुन्दर डिजाइन गर्न माहिर ई. गाैडेलले शब्दकाे पनि शसक्त डिजाइन गरेको बताए ।
‎ लेखक गाैडेलले सम्राट उपाधिले झनै जिम्मेवारी वाेध भऐकाे बताउँदै सुसेली विधाकाे विकास र विस्तारमा लागि पर्ने बताए ।
‎ साहित्यकार चन्द्रा न्याैपानेले ई. वेदप्रसाद गाैडेल कलाकारितामा जस्तै साहित्यमा पनि उत्तिकै सशक्त रूपमा उदाएकोमा बधाई तथा शुभकामना व्यक्त गरिन् ।
‎सभापति दुर्गा अधिकारी भमरकाेटेले सुसेली विधाले नयाँ काेर्समा प्रवेश गरि नयाँ काेर्समा अझ तहल्का मच्चाउने निश्चित भएकाे बताए ।
‎कार्यक्रम , गायक/ नायक रामशरण पाण्डे, कलाकार / निर्देशक नवीन घिमिरे, व्यवसायी / समाजसेवी टपेन्द्र के.सी. मंगल श्रेष्ठ, बन्दन गाैडेल , सुनिता बुढाथोकी , पार्वती घिमिरे पाैडेल, अमृता काैशल, कृष्णप्रसाद पाैडेल जस्ताघरे, सरला ओझा सिर्जना लगायतका
‎ ७०जना भन्दा बढीको उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे संचालन चर्चित साहित्यकार तथा कलाकार दामोदर ढकाल दीपकले गरेका थिए ।

LEAVE A REPLY