
पेट्रोलियम तथा ग्यास मजदुर संघको पहलामा मृतक परिवारले पाउनुु पर्ने क्षेति पूर्तिको रकम उपलब्ध ा


काठमाण्डु, ३ जेठ– अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको पहलमा सामाजिक सुरक्षा कोष आश्रित परिवार सुरक्षा योजना अन्तरगत पीडित शान्ति मगरलाई तेह्र लाख पचास हजार दिलाउन सफल भएको छ ।
चापागाउँ दोबाटो ललितपुरमा रहेको महालक्ष्मी बिश्वकर्मा ट्रेडर्स योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत नहँुदा उक्त रकम तिर्न संचालक बाध्य भएका छन ।
बिगत १७ बर्ष पहिले अरुण गाउँपालिका–२ भोजपुर स्थाई घर भएका प्रेमबहादुर श्रेष्ठ रोजगारीको सिलसिलामा महालक्ष्मी बिश्वकर्मा पम्पमा कार्यरत रहेका छन्
नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराएता पनि पेट्रोलियम छेत्रमा न्यून मात्रामा मात्र लागू गरेका छन् । सामाजिक सुरक्षा कोषबाट पाउँने सुबिधाबाट बन्चित पेट्रोलियम तथा ग्यास श्रमिकहरु आन्दोलनको तयारीमा रहेको संघका केन्द्रिय उपमहसचिब जगत श्रेष्ठले बताएका ।
हालसम्म काठमाण्डुका १५ र ललितपुरमा १ वटा मात्र पम्प सुचिकृत छन् अझै पनि संचालकहरु सुचिकृत नहुने हो भने सबै पम्प प्रतिष्ठान विरुद्ध कानुनी उपचारमा लाग्ने उनले बताएका छन
कार्यक्षेत्रमा काम गर्दा गर्दै बिरामी भै पाटन अस्पताल ललितपुर पुगेको प्रेमबहादुर श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । प्रेमको श्रीमति शान्ती मगर, एक छोरी र छोरा रहेका छन्
हामी वास्तविक श्रमिकहरुको अबस्था बुझ्न प्रत्येक पम्प प्रतिष्ठानमा पुगि रहेका छौ, न्युनतम वेतन, सामाजिक सुरक्षा कोष लागू गर्न जस्तोसुकै कदम उठाउन संघ तयार रहेको उनले बताए ॥