
नुवाकोटको तादी खोला स्थित घुमाउने दहमा डुबेर दुई जनाको मृत्यु ।


बेलकोटगढी नगरपालिका वडा नम्बर १० तादिखोला स्थित घुमाउने दहमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का रोजन तामाङ रहेको प्रहरीले
दिउँसो १बजे पौडी खेल्न गएका छ जनाको उमेर समुहका अ१८१९ का दुई जनाको डुबेर बेपत्ता भएका र घटना स्थल बाट तादी चौकी जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बेहोस अवस्थामा फेला पारेको थियो ।
बेहोस अवस्थामा भेटिएका उनीहरुलाई एम्बुलेन्समा राखी त्रिशुली अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइए पछि उनीहरुलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ
मृतक तामाङ सँगै अन्य ४ जना समेत खोलामा पौडी खेल्न गएको कुरा खुलेको छ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ