काठमाडौं। आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल आजदेखि सुरु भएका छन् । आज नेपालले वार्म अप खेलमा क्यानडासँग लज्जास्पद हार व्यहोरेको छ । खेलमा नेपालको अत्यन्तै कमजोरी देखिएको छ ।
अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपालमाथी विस्फोटक ब्याटिङ गर्यो । नेपालका बलरहरुको कुनै जादु चलेन । क्यानडाले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दियो । क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालका कुनैपनि ब्याट्सम्यानले राम्रो गर्न सकेका छैनन् । १६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर नेपालले मात्र ९६ रन जोडेको छ