
काठमाडौको तारकेश्वोर भेडि गोठमा बस दुर्घटना एक महिलाको मृत्यु पाच घाइते ।

काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली स्थिति भेडीगोठ सरकारी धारानजिक बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
दुर्घटनामा धादिङ जिल्ला घर भएका हाल काठमाडौंको तारकेश्वर– २ काभ्रेस्थली बस्ने २७ वर्षीया रमिता तोलांगीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
घाइते तोलांगीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
दुर्घटनामा सिन्धुली घर भइ हाल तारकेश्वोर २बस्दै अाएका सुशील दमाई सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाईं, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र १८ वर्षीया पवित्रा तोलांगी घाइते भएका छन्। उनीहरूको जरंखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा भेैरहेको प्रहरीले जनाएको छ।