काठमान्डो महानगर सोह्र वडाको सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न ।

0
21

काठमाडौ महानगरपालिका वडा नम्बर १६को सार्वजनिक सुुनाइ कार्यक्रम सम्पन्न भएको छ ।२०८१ को आय शीर्षक अनुसार आय संकलन जम्मा २२७४५१६३९.९५१सबै भन्दा धेेरै घर वहाल बाट१३,५६,८३,७३०.७९मिति२०८०/०४/०१देखि २०८१/०३/१८सम्म रकम संकलित भएको छ ।

वडा प्रमुख पुष्प महर्जनले आगामी योजना र कार्यक्रमका बारेमा जानकारी गराउदै  उहाँले१६ नम्बर भित्रको भगवती मार्ग र जनजागृति मार्गमा ढल निर्माणको काम  पनि भेैरहेको र नयाँ बजारकै धारा गल्लीमा ढल निकासका लागि १०० मिटरको आधुनिक प्लास्टिकको पाइप हाल्ने कामलाइ पहिलो प्राथमिकता साथ अगाडी  बढेको अवगत गराउदै  उहाँले लेखनाथ साहित्य सडकमा फोहोर र पार्किङले स्थानीयलाई हैरान पारेको गुनासो आएकोले त्यसलाई  पनि  अहिले नै ब्लक राखेर निर्माण गरिएको र सफा बनाइएको वडा प्रमुखले महर्जनले  बताउनु भयो । र  त्यसैगरि  ्नयाँ बजारकै मनाङकोटमा ढल निर्माणको काम पनि भेैरहेको र  म्हेपी मन्दिर परिसरमा कालो ढुंगा विच्छ्याउने काम हुँदैछ  बजेट नपुगेका कारण यो वर्ष काम नसकिएकाले  अबको बजेटमा यो कामले पूर्णता पाउनेेमा सबैलाई बिश्वस्त हुन उहाँले आग्रह गर्नु भयो ।

लगत्तै  एक पोल एक बत्तीको नारा अन्तर्गत पनि काम भइरहेको  र कामगर्ने जनशक्तिको  अभाव  ले गर्दा भनेको समयमा काम गर्न कठिनाइ भने भइरहेको कुरालाई उहाले  स्वीकार्दै  उहाँले स्व रानीवन जंगल र १६ नम्बर वडाको सीमानामा १२० मिटरको बाटो डलान भएको र यो बाटोलाई मर्निङ वर्क गर्न सहज बनाउने योजनाअनुसार बालाजुपार्कसम्म ढलान गर्ने योजनामा समेटिएको र तोकिएको समयमै काम पुरा गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

र त्यसैगरी ढुंगेधारादेखि नर्सरी चोकसम्म ८ इन्चको बाटो ढलान भइरहेको  साथ साथै अर्को बाबु छिरिङ मार्गदेखि महर्जन चोकसम्मको ६ इन्चको बाटो पनि ढलान भइरहेको र महानगरको एक वडा एक खुल्ला जिम योजनाअन्तर्गत १६ नम्बर वडाका लागि दुई वटा जिमको योजा पारेर अहिले नर्सरी चोकमा एउटा र विष्णुमती कोरिडोरमा खुल्ला जिम निर्माण पनि सम्पन्न  भेैसकेकोले सहरी योजनासँग सहकार्य गरेर खरीबोट र नयाँ वडा कार्यालय नजिक सोह्र खुट्टे चोकमा सार्वजनिक स्मार्ट शौचालय निर्माण गर्ने योजना अगाडि बढेको  जानकारी गराउनु भयो गल्लीका सडक र संवेशदनशील क्षेत्रहरुमा सिसी टिभी जडान गर्ने योजना अन्तर्गत टेन्डरमार्फत् ५० लाखको काम सुर  गरिएकाले  वडाभित्र रहेका सम्पूर्ण मन्दिरहरुको रंगरोघन गर्ने काम  पुरा भएको  जानकारी दिदै उहाले अव गुरु नानकमणी मठको भूक्षय रोक्न पर्खाल लगाउने काम भइरहेको कुरा उहाँले स्पष्ट पार्नु भएको छ।

LEAVE A REPLY