
पोखराको गड्कुमा विद्यार्थी बोकेको बस दुर्घटना उपचार क्रममा आमा र छोराको मृत्यु ।


विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा २१ गुड्कु भन्ने स्थानमा आज बिहान करिब पौने ९ बजेतिर दुर्घटनाग्रस्त भएको छ।
बसमा सवार मध्य आमा छोराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा ९:४१ बजे डाक्टरले मृत घोषणा गरेको थियाे । त्यसकाे केहिबेरमै छोराकाे पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छ।
दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।