दिनेश लामिछाने। सोमबार, ०३, २०८१ माप्य दुधकोशी गाउँपालिकाको कोल्डस्टोर भवन निर्माणको नाममा संघीय सरकार मार्फत आएको बजेटमा २३ लाख घोटला प्रकरण पर्दाफास भएको छ। उक्त रकम भवन निर्माणमा प्रयोग नभइ उपाध्यक्ष गौरव राई ,प्रविधिक जोना राई, वडा नं ४ का वडाध्यक्ष भक्त वहादुर राई र गाउँपालीकाको कर्मचारीहरु बिचको मिलेमतोमा फर्जी कागजात तयार गरी वजेटमा व्यापक अनियमितता गरेको भेेटिएको छ।
माप्य दुधकोशी गाउँपालिका वडा नं. ४ (साविक काँकु गाविस) छास्कुर टोलमा कोल्डस्टोर निर्माणको लागि आ.व.२०७९÷८० को संघीय कोष तर्फबाट विनियोजन भई जेवी कृषी फर्मले ठेक्का पाएको थियो ,तर भवन निर्माण नै शुरु नगरी बिल बनेको प्रति स्थानीयले छानबिनको माग गरेका छन् स्थानीय र उक्त वडाका सरोकारवालाहरुले अख्तियारमा उजुरी गरेपछी भने अख्तियारले गाँउपालिकालाई पत्र काटे थियो र त्यसपछि भने रातारात भवन निर्माण कार्य शूरु गरेको पाइएको छ।
तर गाउँपालिका उपाध्यक्ष गौरव राई भने यो कुरालाई स्वीकार गर्दैनन । संघीय बजेट आए पनि उक्त बजेटको शिर्षक बनाएर प्रयोग हुन बाँकी रहेको उनले नगर बिकास डटकम बताए । यस्तो हल्लाको बिश्वास नगर्न समेत अनुरोध गरेका छन्। उनले बजेटको शिर्षक अनुसार काम गर्ने बाकी रहेको जानकारी दिएका छन् ।