ने.क.पा (बहुमत) को काठमाडौ जिल्लाको बिस्तारित बैठक सम्पन्न।

0
17

महासचिव धर्मेन्द्र बास्तोला नेतृत्वको ने.क.पा (बहुमत) को काठमाडौ जिल्ला संगठन समितिको प्रथम बिस्तारित बैठक महत्त्वपूर्ण निर्णय गर्दै भब्यताका साथ सम्पन्न भएको छ।         

नेकपा {बहुमत } को केन्द्रीय सदस्य एवम् ३ नम्बर ब्यूरो इन्चार्ज सार्दोल को प्रमुख आतिथ्यतामा  काठमान्डो जिल्ला इन्चार्ज रक्तिम को बिशेष आतिथ्यता रहेको शो  बैठकले  ३७ जनाको जिल्ला समिति पुनर्गठन गरेको थियो।

काठमाडौको बसुन्धारा स्थित एक हलमा बसेको   बैठकको अध्यक्षता काठमाडौ जिल्ला सेक्रेटरी गोकुुल पराजुलीले गर्नु भएको थियो भने  पार्टीका केन्द्रीय सदस्य बद्री अबिरल लगायतको  आतिथ्यता रहेको थियो ।

बैठकले दुग्ध किसानले भुक्तनी नपाएको समस्या  सहकारी ठगी प्रकरण  लघुवित्त र मिटर व्याजी र आम जनतामा परेका समस्यालाई किटान गरी जनता माझ ब्यापक अन्तरक्रिया कार्यक्रम चलाउने र समस्या समाधान नभए जन कारबाही गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY